दुवै मिर्गौला खराब भइ उपचाररत भानु नगरपालिका-७ तनहुँका प्रकाश परियारलाई युएईबाट आर्थिक सहयोग गरिएको छ । युएईमा कार्यरत तनहुँवासीको साझा संस्था तनहुँ सेवा समाज युएईको पहलमा परियारको उपचारमा एक लाख पाँच रुपैयाँ सहयोग जुटेको हो । संकलित रकम पीडितका परिवारलाई हस्तान्तरण गरिएको समाजका सचिव सुरिन भुजेलले जानकारी दिए। चिकित्सकले परियारको मिर्गौला प्रत्यारोपण गर्नुपर्ने बताएपनि आर्थिक […]
Author: purnakhabar
निरञ्जन थापालाई फिर्ता बोलाउने निर्णयमा राप्रपाको विरोध
३० कात्तिक, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले इजरायलका लागि नेपाली राजदुत निरञ्जन थापालाई फिर्ता बोलाउने सरकारको निर्णयको विरोध गरेको छ । फिर्ता बोलाउने निर्णय सार्वजनिक भएको भोलिपल्ट शुक्रबार राप्रपाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘लामो राजनीतिक र कुटनीतिक अनुभव संगालेका थापालाई राजदुतबाट फिर्ता बोलाउनुको कारण सरकारले प्रष्ट पारेको छैन ।’ राप्रपा प्रचार विभागका प्रमुख […]
निर्मला हत्या प्रकरणः शंकास्पद भनिएका ४ जनाको पनि डीएनए मिलेन
३० कात्तिक, काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा शंकास्पद मानिएका ४ जनाको डीएनए रिपोर्ट पनि ‘नेगेटिभ’ आएको छ । जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरले शंकास्पद ४ जनाको डीएनए परीक्षणका लागि केन्द्रीय विधि विज्ञान प्रयोगशाला पठाएको थियो । जुन निर्मलाको ‘भजाइनल स्वाव’सँग मेल नखाएको हो । प्रकरणका अनुसन्धान अधिकारी प्रहरी नायब उपरीक्षक […]
जनार्दन भन्छन्–राष्ट्रिय गौरवका आयोजना स्थानीय तहले अनुगमन गर्नुपर्छ
३० कात्तिक, बागलुङ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य जनार्दन शर्माले राष्ट्रिय गौरवका आयोजना स्थानीय तहले नै अनुगमन गर्नुपर्ने बताएका छन् । मध्यपहाडी लोकमार्गको अनुगमनका क्रममा बागलुङ आइपुगेका उनले राष्ट्रिय गौरवका आयोजनाले पहिलो फाइदा स्थानीय तहलाई हुने भएकाले आफ्नो क्षेत्रभित्र पर्ने आयोजनाहरु अनुगमन गर्न पाउनुपर्ने बताए । राष्ट्रिय गौरवका आयोजना कालीगण्डकी करिडोर […]
इस्टाग्राममा नयाँ फिचर, कसरी प्रयोग गर्ने ?
फेसबुक स्वामित्वको लोकप्रिय फोटो शेयरिङ एप इन्स्टाग्रामले आफ्ना प्रयोगकर्ताका लागि Your Activity नामक नयाँ फिचर लञ्च गरेको छ । यस फिचरका माध्यमबाट प्रयोगकर्ताले आफुले इन्स्टाग्राममा कति समय बिताएँ भन्ने कुरा थाहा पाउन सक्नेछन् । यो फिचर प्रयोगकर्ताको युजर प्रोफाइल पेजको दायाँतर्फ माथिल्लो कर्नरमा ह्यामबर्गर आइकनको रुपमा रहेको छ । जसमा दिनहुँको टाइम लिमिट सेट गर्ने […]
जहाँ सोमबार पुरुषलाई जे गर्न पनि छुट हुन्छ
दुनियाँका चलनहरु पनि कस्ता कस्ता ? दुनियाँमा यस्ता ठाउँ पनि रहेछन्, जहाँ सोमबारको दिन केटाहरुलाई मनलाग्दी गर्न छुट दिइन्छ । मध्य युरोपेली देशहरु पोल्याण्ड, चेक गणतन्त्र तथा पूर्वी युरोपेली देश युक्रेनमा एक खास सोमबार विशेष विदा हुन्छ । उक्त दिन युवकहरु आफ्नो मनपर्ने युवतीलाई मज्जाले भिजाउन पाउँछन् । ती देशहरुमा वेट मन्डे अर्थात् भिजेको सोमबार […]
प्रदेश २ को नामांकनमा सत्तासिनको ‘मधेस मोह’
२९ कात्तिक, सप्तरी । प्रदेशको नाम र राजधानीबारे सुझाव दिन आयोग बनेपछि प्रदेश २ मा बहस सुरु भएको छ । प्रदेशसभा सांसद र दलका नेता मात्र होइन, जनस्तरमा पनि प्रदेशको नामलाई लिएर बहस सुरु भएको छ । तर, ४५ दिनको म्याद पाएको आयोगले आधा समय गुजारीसक्दा पनि आन्तरिक छलफल बाहेक अरु काम गर्न सकेको छैन […]
मृत्युपछिको चाहना पूरा गर्न लाखौँ खर्च
मृत्यु भन्ने कुरा सुन्दैमा डर लाग्दछ । तर भारतमा एउटा यस्तो गाउँ छ जहाँ मानिसहरुलाई मृत्युको शौख हुन्छ । अनि मृत्युको शौख पूरा गर्नका लागि जिउँदै हुँदा नै लाखौँ रुपैयाँ खर्च गर्दछन् । हैदरावादको राय दुर्गम नामक गाउँका हिन्दु धर्माबलम्बीहरुमा यस्तो अनौठो प्रथा रहेको छ । उनीहरु अनौठो मृत्यु पर्व मनाउँदछन् । गाउँलेहरुमा मृत्युपछि आफ्नो […]
भन्सार छलीका सामानसहित १ जना पक्राउ
३० कार्तिक, बुटवल । भारतबाट भन्सार छली नेपालतर्फ ल्याइएको सामान र गाडीसहित प्रहरीले १ जनालाई नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बल भन्सार राजश्व सुरक्षा गुल्म भैरहवाले अवैधरुपमा भित्र्याइएका सामान र लु १ ज ३४२८ नम्बरको महिन्द्रा पिकअप गाडीसहित वशिष्ठ थारुलाई पक्रेको हो । बर्दघाट नगरपालिका–४, त्रिवेणीचोकमा चेकजाँच गर्ने क्रममा ६ लाख ४९ हजार भन्सार […]
कर्णाली प्रदेश सरकारले माग्यो करारमा ११ जना इञ्जीनियर
३० कात्तिक, काठमाडौं । कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७५/७६ को बजेट कार्यक्रम कार्यान्वयनका लागि भन्दै ११ जना सिभिल इञ्जीनियर माग गरेको छ । कर्णाली प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयले सूचना जारी गरी करार सेवामा जनशक्ति पूर्ति गर्न दरखास्त आहृवान गरेको हो । मन्त्रालयले राजपत्रांकित तृतीय श्रेणीका इञ्जिनियर (सिभिल जनरल) एक जना, राजपत्रांकित तृतीय […]









