३० कात्तिक, मकवानपुर । हेटौंडाको कान्तिराजपथ भएर राजधानीतिर यात्रा गर्दै हुनुहुन्छ भने चुच्चेखोलामा एकछिन रोकिन करै लाग्छ । यहाँ लहरै रहेका झण्डै एक दर्जन पसलहरुमा बिहानदेखि बेलुकैसम्म खुवा (कुराउनी) पकाइन्छ, जसको मीठो बासना सडकसम्म फैलिएको हुन्छ । चुच्चेखोलाको खुवाको चर्चा हेटौंडामा मात्रै हैन, पोखरादेखि वीरगञ्ज, नरायणगढ र जनपुरसम्म छ । हेटौंडाको चुच्चेखोलामा तयार हुने खुवाको […]
Author: purnakhabar
ट्रम्प–मिडिया द्वन्द्वबाट नेपालले के सिक्न सक्छ ?
डेढ हप्ताअघि ह्वाइट हाउसको ‘इष्ट रुममा’ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पत्रकार सम्मेलनको आयोजना गरे । विश्वभर प्रत्यक्ष रुपमा प्रसारण भएको सो पत्रकार सम्मेलनमा सीएनएन टेलिभिजनका संवाददाता जीम एकोष्टले ट्रम्पलाई केही कडा प्रश्नहरु गरे । उनको प्रश्नले ट्रम्पलाई निकै उत्तेजित बनाउँछ, तर ट्रम्प प्रश्नको उत्तर भने दिइरहन्छन् । परिस्थिति तनावग्रस्त बन्दै जान्छ, ट्रम्पले उनलाई अब बढी […]
गायक गायिकालाई सुन्ने कि हेर्ने ? युट्युबमा देखिने लालसाले खस्किँदैछ गायन
टाढा टाढा जानु छ साथी एकफेर हाँसीदेउ टुटिसकेको मायालाई साथी एकफेर गाँसीदेउ माथि उल्लेखित गीत निकै पुरानो हो, तर नयाँ पुस्ताका संगीतप्रेमीमाझ पनि उत्तिकै जीवन्त छ । यस गीतका गायक बच्चु कैलाशलाई अहिलेको पुस्ताका कतिले चिनेका होलान् ? जतिबेला बच्चुले यो गीत गाए, मोबाइलको आविष्कारै भएको थिएन । यूट्युव त कल्पनामै थिएन । सन् २०११ […]
राष्ट्रियसभा सदस्य पासवानमाथि कुटपिट
३० कात्तिक, सर्लाही । राष्ट्रियसभा सदस्य रामप्रित पासवानमाथि शुक्रबार उनकै गाउँमा कुटपिट भएको छ । कविलासी नगरपालिका–६ मदनपुरमा छलफल कार्यक्रममा एक समूहले पासवानलाई कुटपिट गरेको हो । छलफल गरिरहेको अवस्थामा वीरेन्द्र राय, रामप्रसाद राय, फेकन राय, दयाराम राय, मनोज राय, दिनेश राय र सुरेश रायलगायत सात जनाले एक्कासि आक्रमण गरेको उनले बताए । पासवानको शरीरका […]
यी हुन् आईपीएल १२ का रिलिज र रिटेन भएका खेलाडी
३० कात्तिक, काठमाडौं । भारतमा हुने विश्वकै सबैभन्दा ग्ल्यामरस व्यवसायिक क्रिकेट लिग आईपीएलको १२ औं संस्करण सुरु हुन ४ महिना बाँकी छ । तर, अहिलेदेखि नै चर्चा सुरु भइसकेको छ । प्रतियोगितामा सहभागी ८ क्लबले हालै खेलाडी रिलिज र रिटेन प्रक्रिया पूरा गरेपछि १२ औं आइपीएलको चर्चा सुरु भएको हो । थुप्रै नामी खेलाडीहरुलाई उनीहरुका […]
सेवाग्राहीलाई दुःख दिने ३ विचौलिया प्रहरीको फन्दामा
काठमाडौँ–ताहचलस्थित श्रम कार्यालयमा सेवाग्राहीलाई दुःख दिने तीन जना विचौलिया आज पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोरङका २४ वर्षीय रोशन शिवाकोटी, झापाका ४५ वर्षीय हितबहादुर धिमाल र काठमाडौँका २२ वर्षीय ऋषि मोक्तान रहेका छन् । विभिन्न बहानामा सेवाग्राहीलाई दुःख दिएको आरोपमा पक्राउ गरेको नेपाल प्रहरी केन्द्रीय कार्यालयका प्रवक्ता उत्तमराज सुवेदीले जानकारी दिए । अनुुसन्धानका लागि उनीहरुलाई महानगरीय […]
कामदारलाई विदेश पठाउने १२ मुलुक ‘शून्य लागत’को मुद्दामा एक ढिक्का
३० कात्तिक, काठमाडौं । आफ्ना नागरिकलाई कामका लागि विदेश पठाउने मुलुकहरू कामदारका हितमा एक ढिक्का भएर उभिन सहमत भएका छन् । काठमाडौंमा भएको ‘कोलम्बो प्रोसेस’ को सम्मेलनले शुक्रबार २७ बुँदे काठमाडौं घोषणापत्र जारी गर्दै विभिन्न घोषणा गरेको छ । श्रमिकमाथि हुने सबैखालका शोषण अन्त्य गर्न वैदेशिक रोजगारीमा कामदार पठाउने १२ वटै देशहरु सहमत भएका छन् […]
पोखरामा २ हुण्डी कारोबारी पक्राउ
३० कात्तिक, पोखरा । हुन्डी करोबार गरेको आरोपमा २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लुम्बिनी मनी ट्रान्सफरका सञ्चालक नेत्रलाल ज्ञवाली र उनकै कम्पनीमा कार्यरत प्रकाश थापा छन् । उनीहरुलाई गण्डकी प्रदेश प्रहरी कार्यालयको आरआइटी टोलीले शुक्रबार पक्राउ गरेको छ । गुल्मी ४ घर भई पोखरा-५ बस्दै आएका ५१ वषर्ीय ज्ञवाली र कामदार थापालाई […]
सञ्चारमन्त्री भन्छन्– क्याबिनेटको निर्णय फेसबुकबाट लाइभ गर्छौं !
३० कात्तिक, काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता गोकुल बास्कोटाले अब क्याबिनेट बैठकका निर्णयहरु फेसबुक र ट्विटरबाट लाइभ गरिने बताएका छन् । सरकारले सूचना लुकाएको बारे अनलाइनखबरले सोधेको प्रश्नमा मन्त्री बास्कोटाले भने– ‘जंगेले बोल्यो भनेपछि बोल्यो बोल्यो’ भन्ने छैन ! अपवादका घटना भए भने सूचना कसरी दिने भन्नेमा कुनै हार्ड एण्ड […]
बक्यौता नतिर्ने सौर्य एयरलाइन्सको उडान रोकिने
३० कात्तिक, काठमाडौं । सौर्य एयरलाइन्सले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई विभिन्न शीर्षकको बक्यौता चुक्ता नगरेपछि उडान नै प्रभावित हुने सम्भावना बढेको छ । झण्डै १ करोड ८० लाख बक्यौता नतिरेपछि सौर्यको उडान आइतबार १२ बजेबाट रोक्ने योजनामा प्राधिकरण छ । त्रिभवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख राजकुमार क्षेत्रीका अनुसार सौर्यले बक्यौता तिर्न ढिलाइ गरिरहेकाले राम्रो रकमको किस्ता […]









