१ मंसिर, धनगढी । कैलालीको धनगढीस्थित सुदूरपश्चिम प्रदेश प्रमुखको कार्यालय नजिकै एक युवकको शव फेला परेको छ । घटनाको अनुसन्धानका लागि एक जनालाई प्रहरीले पक्राउ गरेको छ । धनगढी उपमहानगरपालिका १ खानेपानी रोडका अन्दाजी २४-२५ वर्षका विजय थापाको शव फेला परेको हो । प्रदेश प्रमुख कार्यालय नजिकै रहेको कलश होटेलको पछाडिपट्टी थापा मृत फेला परेका […]
Author: purnakhabar
आइज्याक न्यूटनका २० प्रेरक वाणी, जसले हाम्रो सोंच बदल्छ
अर्बौं जनसंख्या भएको यो विश्वमा कति मानिस जन्मिन्छन् र मर्छन् कुनै हिसाब किताब हुँदैन । तर, केही यस्ता मानिस पनि हुन्छन् जसलाई यो दुनिया छोडेर गएको शताब्दियौं पछिसम्म पनि सम्भिmइन्छ । आफूले गरेका राम्रो कामको कारण उनीहरुले आफूलाई अमर बनाउँछन् । यस्तै मानिसहरु मध्ये एक हुन् बेलायती वैज्ञानिक सर आइज्याक न्यूटन । विज्ञानको दुनियामा आइज्याक […]
आजबाट माइक्रोबस चालक र सहचालकलाई फ्लोरेसेन्ट ज्याकेट अनिवार्य
१ मंसिर, काठमाडौं । काठमाडौं उपत्यकामा सञ्चालित माइक्रो बसका चालक र सहचालकले पनि आजबाट चम्किलो देखिने फ्लोरेसेन्ट ज्याकेट अनिवार्य लगाउनु पर्ने भएको छ । महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक बसन्तकुमार पन्तका अनुसार चालकलाई सुन्तला रंगको र सहचालकलाई हरियो रंगको ज्याकेट लगाउनुपर्ने नियम छ । हाल काठमाडौं उपत्यकाभित्र मात्र यो व्यवस्था गरिए पनि आगामी दिनमा […]
विदेशी पेन्सन खानेलाई पनि वृद्धभत्ता, प्रहरी एकेडेमी हटाएर हेलिप्याड !
१ मंसिर, काठमाडौं । शनिबार काठमाडौंबाट प्रकाशित पत्रिकाहरुले फरक फरक समाचारलाई प्रमुख स्थान दिएका छन् । नागरिक दैनिकले विदेशी पेन्सन खानेलाई वृद्धभत्ता दिने निर्णय गर्दा राज्यमाथि अर्बौं व्ययभार परेको विषयलाई मुख्य समाचार बनाएर छापेको छ । विदेशबाट पेन्सन प्राप्त गर्दै आएका व्यक्तिलाई वृद्धभत्ता रोक्न गर्ने निर्णयलाई केपी ओली नेतृत्वको वर्तमान सरकारले उल्टाउँदा राज्यमाथि तीन अर्ब […]
निर्मला हत्या प्रकरणः शंकास्पद भनिएका ४ जनाको पनि डीएनए मिलेन
३० कात्तिक, काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा शंकास्पद मानिएका ४ जनाको डीएनए रिपोर्ट पनि ‘नेगेटिभ’ आएको छ । जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरले शंकास्पद ४ जनाको डीएनए परीक्षणका लागि केन्द्रीय विधि विज्ञान प्रयोगशाला पठाएको थियो । जुन निर्मलाको ‘भजाइनल स्वाव’सँग मेल नखाएको हो । प्रकरणका अनुसन्धान अधिकारी प्रहरी नायब उपरीक्षक […]
नर्भिक अस्पताल द बिज अवार्ड प्राप्त गर्न सफल
काठमाडौँ- नेपालको चिकित्सा क्षेत्रमा गुणस्तरीय अन्तर्राष्ट्रिय सेवा प्रवाह गरेबापत नर्भिक इन्टरनेशनल हस्पिटललाई अमेरिकाको प्रतिष्ठित ‘द बिज अवार्ड ’प्राप्त भएको छ । दी वल्र्ड कन्फडेरेशन अफ बिजिनेश (वल्र्डकव) नामक संस्थाले प्रदान गरेको उक्त पुरस्कार आज राजधानीमा आयोजित एक विशेष समारोहमा हस्तान्तरण गरियो । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादव तथा उक्त संस्थाका अन्तर्राष्ट्रिय सम्बन्ध निर्देशक निकोलस […]
फेक रेस्क्यू प्रकरण : हस्पिटलले खोसेको पासपोर्ट पावेलले फिर्ता पाए
३० कात्तिक, काठमाडौं । अन्नपूर्ण बेस क्याम्पसम्म पदयात्राका लागि जाँदा फेक रेस्क्यूमा परेका रसियन नागरिक पावेल छेपेलेन स्वदेश फर्किएका छन् । नर्भिक हस्पिटलले कब्जामा लिएको पासपोर्ट फिर्ता दिनुका साथै उपचारको खर्च पनि नलिएपछि उनी स्वदेश फर्किएका हुन् । यसअघि अनलाइनखबरले १३ कात्तिकमा पावेल फेक रेक्यूमा परेको बारे समाचार लेखेको थियो । त्यसपछि घटनालार्इ सामधान गर्न […]
हेटौंडावासीको तर्क- प्रदेश ३ को राजधानी काठमाडौंलाई मानिन्न, बरु रसुवा लगे हुन्छ
३० कात्तिक, हेटौंडा । अस्थायी राजधानी रहेको हेटौडाका चिया पसलदेखि सामाजिक सञ्जाल प्रयोगकर्तासम्म अहिले एउटै चासो छ- प्रदेश ३ को स्थायी राजधानीबारे काठमाडौंमा के खिचडी पाक्दैछ ? अबको दुई हप्तामै स्थायी राजधानीको टुंगो लाग्ने मुख्यमन्त्री डोरमणि पौडेलको अभिव्यक्तिपछि हेटौडाबासीहरुमा यसबारे चासो बढेको छ । प्रदेश ३ को राजधानी कहाँ राख्ने भन्ने विषयमा जनस्तरमा जसरी खुला […]
काठमाडौं महानगरका भित्री सडकमा इँटा र ढुङ्गा छापिने
३० कात्तिक, काठमाडौं । काठमाडौँ महानगरपालिकाले भित्री शहरका सडक इँटा वा ढुङ्गा छाप्ने भएको छ । सडक मर्मत र सुधारका क्रममा कालोपत्रेभन्दा इँटा र ढुङ्गा छाप्ने कार्यलाई प्राथमिकता दिइएको महानगरले जनाएको छ । भित्री शहरमा सवारीको चाप अत्यधिक भएको स्थानबाहेक अन्यत्र कालोपत्रे नगरिने महानगरपालिकाका पुरातत्व महाशाखाका प्रमुख इञ्जिनियर राम थापाले बताए । उनका अनुसार विश्व […]
प्रदेश ३ को राजधानी काभ्रेमा किन ? यस्ता छन् ३ कारण
३० कात्तिक, काठमाडौं । हेटौंडाले प्रदेश राजधानीलाई स्थायी कायम गर्न सबै शक्ति लगाइरहेका बेला काभ्रेपलाञ्चोक भने प्रदेश ३ को राजधानीका लागि आवश्यक भौतिक पूर्वाधार तयारी हालतमा राखेर बसेको छ । हेटौंडासँग अस्थायी राजधानी बाहेक ठूलो शक्ति छैन, तर काभ्रेसँग प्रदेशसभाको दुई तिहाई भन्दा बढी मत सुरक्षित रहेको दाबी काभ्रेली नेताहरुको छ । आखिर प्रदेशसभामा काभ्रेलाई […]








