Uncategorized

फेक रेस्क्यू प्रकरण : हस्पिटलले खोसेको पासपोर्ट पावेलले फिर्ता पाए

३० कात्तिक, काठमाडौं । अन्नपूर्ण बेस क्याम्पसम्म पदयात्राका लागि जाँदा फेक रेस्क्यूमा परेका रसियन नागरिक पावेल छेपेलेन स्वदेश फर्किएका छन् । नर्भिक हस्पिटलले कब्जामा लिएको पासपोर्ट फिर्ता दिनुका साथै उपचारको खर्च पनि नलिएपछि उनी स्वदेश फर्किएका हुन् ।

यसअघि अनलाइनखबरले १३ कात्तिकमा पावेल फेक रेक्यूमा परेको बारे समाचार लेखेको थियो । त्यसपछि घटनालार्इ सामधान गर्न नर्भिक हस्पिटल प्रशासनलार्इ दबाब परेको थियो ।

पदयात्रामा हिँडेको तन्दुरुस्त मानिस एकाएक हस्पिटलको इमर्जेन्सी बेडमा पुगेको गुनासो गर्दै पावेलले अनलाइनखबरसँग भनेका थिए, ‘२४ असोजको साँझ मनाङको नगवाल गाउँको एउटा पसलमा छिरेर थुक्पा खाएँ । त्यहाँ लेक लाग्छ भन्ने सुनेको थिएँ । औषधि माग्दा महिलाले केही धुलो जस्तो पदार्थ दिइन् । त्यो खाइसकेपछि एक्कासि मैले आफूलाई हस्पिटलको बेडमा पाएँ ।’






यो पनि पढ्नुहोस
‘लेक नलाग्ने औषधि खाँदा बेहोस भएँ, अस्पतालले पासपोर्ट खोस्यो’

राहदानी नं. ७५५५८८३७४ बाहक २२ वर्षीया पावेलको नर्भिक हस्पिटलमा उपचार त भयो तर, उपचार खर्च तिर्न सक्दा उनको पासपोर्ट हस्पिटलले खोस्यो । त्यसपछि न्याय खोज्दै उनी नेपाल प्रहरीको विभिन्न निकायमा पुगेका थिए । तर, कुनै पहल भएन ।

‘एउटा निकायले अर्को निकायलाई देखाउने काम मात्रै भएको थियो’, नेपालस्थित रसियन दूतावासका एक अधिकारीले भने, ‘हल्लिखल्ली मच्चिएपछि अहिले हस्पिटलले पासपोर्ट फिर्ता गरेको छ भने करिब ४ लाख रुपैयाँ बराबरको उपचार खर्च पनि मिनाहा गरिएको छ । र, पावेल स्वदेश फर्किएका छन् ।’

ती अधिकारीका अनुसार उद्दार गरी ल्याउने समिट एयरको हेलिकोप्टरले पनि शुल्क लिएन ।

पावेल ९ असोजमा पूर्वी नाका काँकरभिट्टा हुँदै नेपाल प्रवेश गरेका थिए । नेपालका पर्यटकीय क्षेत्रहरुको भ्रमण गर्ने योजना बुनेर आएका उनी मनाङ हुँदै अन्नपूर्ण बेस क्याम्पसम्म यात्रा गर्न चाहन्थे । तर, फेक रेक्यूमा परेका कारण उनी आफ्नो यात्रा पूरा नहुँदै स्वदेश फर्किएका छन् ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *