२० असोज, काठमाडौं । काठमाडौंको मुलपानीमा जुवाडेमाथि प्रहरीले चलाएको अपरेशनका क्रममा भागदौड हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सरोज घले र सानुलाल तामाङ छन् । गोप्य सूचनाको आधारमा काठमााडौं प्रहरी परिसरबाट प्रहरी नायब उपरीक्षक (डिएसपी) होमेन्द्र बोगटीको नेतृत्वमा खटिएको टोली जुवा खेलाइराखिएको घरमा पुग्ने वित्तिकै भागाभाग भएको थियो । ‘३ तले घरमा […]
Author: purnakhabar
महंगिँदै पारिश्रमिक, सस्तिँदै कलाकार
१९ असोज, काठमाडाैं । सेलिब्रिटी र दर्शकबीच अत्यधिक दूरी हुनु राम्रो होइन । तर, ज्यादै कम दूरी हुनु पनि सेलिब्रिटीका लागि राम्रो मानिँदैन । जब सेलिब्रिटीहरु यततत्र सर्वत्र उपलब्ध हुन थाल्छन्, दर्शकहरुमा उनीहरुप्रतिको कौतुहल बाँकी रहँदैन । त्यसपछि त दर्शकले बाटोमा ठक्कर लागे पनि कलाकारलाई भाउ दिन छोड्छन् । अहिले नेपाली चलचित्रका कलाकारहरुको अवस्था यही […]
गगन थापाको प्रस्ताव : सभापति छान्ने अधिकार क्रियाशील सदस्यलाई दिऊँ
अहिले देश संघीयतामा गएको र संविधानका प्रावधानमा परिर्वतन भएको अवस्था छ । राजनीतिमा पनि ठूलो उथलपुथल आएको छ । एमाले र माओवादी मिलेर नेपाल कम्युनिष्ट पार्टीको निर्माण भयो, जो हाम्रो प्रतिस्पर्धी पनि हो, सहयात्री पनि हो । तीन तहको चुनाव पछाडि हाम्रा आफ्ना अनुभव र बाध्यताहरु पनि छन् । यिनै पृष्ठभूमिमा नेपाली कांग्रेसको विधान परिर्माजनको […]
निर्मला पन्त हत्या प्रकरण : मामा र सेनामाथि पनि अनुसन्धान गर्न माग
१९ असोज, काठमाडौं । नेपाल मानव अधिकारी संगठनले कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्त हत्या प्रकरणमा प्रहरी अधिकारी र बम दिदीबहिनीसँगै निर्मलाका मामा र नेपाली सेनालाई पनि अनुसन्धानको दायरामा ल्याउन माग गरेको छ । घटनाको स्थलगत अध्ययनपछि प्रतिवेदन सार्वजनिक गर्दै संगठनले पन्त हत्याबारे प्रहरी उपरीक्षक (एसपी) डिल्लीराज विष्ट, प्रहरी नायब उपरीक्षक (डिएसपी) ज्ञानबहादुर सेठी, प्रहरी […]
पप्पुका पूर्वअध्यक्ष सांसद रौनियार पदबाट स्वतः निलम्बित
१९ असोज, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेसँगै सत्तारुढ संघीय समाजवादी फोरमका सांसद हरिनारायण रौनियार स्वतः निलम्बनमा परेका छन् । यद्यपि, प्रतिनिधिसभा नियमावली अनुसार उनले अदालतबाट फैसला नभएसम्म सांसदको लोगो भने प्रयोग गर्न पाउने छन् । तर, सांसदको हैसियतको सेवा सुविधा भने पाउने छैनन् । पर्सा क्षेत्र नम्बर ३ […]
सांसद रौनियार निलम्बित
काठमाडौँ-प्रतिनिधिसभाका सांसद् हरिनारायण प्रसाद रौनियार स्वतः निलम्बनमा परेका छन् ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेसँगै सांसद रौनियार स्वतः निलम्बनमा पर्नुभएको सङ्घीय संसद् सचिवायलका प्रवक्ता डा.रोजनाथ पाण्डेले जानकारी दिए ।उनी सङ्घीय समाजवादी फोरम नेपालका तर्फबाट प्रतिनिधिसभामा पर्सा क्षेत्र नं ३ बाट विजयी भएका थिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा […]
नोबल शान्ति पुरस्कार विजेताको कथा : बन्धक बनाएर तीन महिना सामूहिक बलात्कार
यस वर्षको नोबेल शान्ति पुरस्कार कंगोकी महिला रोग विशेषज्ञ डेनिस मुकवेगे र महिला अधिकारकर्मी नदिया मुरादलाई दिइएलगत्तै उनीहरुका बारेमा विश्वव्यापी चासो बढेको छ । दुईमध्ये २५ वर्षीया नादियाको कथा दर्दनाक छ । नादिया बलात्कार पीडित हुन्, जो अहिले बलत्कारविरोधी अभियन्ता बनेकी छन् । उनलाई २०१४ मा इस्लामिक स्टेटले अपहरण गरेको थियो र तीन महिनासम्म बन्धक […]
शशांक कोइराला भन्छन् : पार्टी बलियो बनाउन नेतृत्व परिवर्तन गर्नुपर्छ
१९ असोज, विराटनगर । नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइरालाले नेतृत्व तह असफल भएका कारण पार्टी कमजोर बनेको बताएका छन् । उनले पार्टीलाई बलियो बनाउन नेतृत्व परिर्वतन आवश्यक रहेकोमा जोड दिए । नेपाल निजामती कर्मचारी युनियन (संघ) प्रदेश नं. १ स्तरीय सम्मेलन तथा प्रशिक्षण कार्यक्रमको शुक्रबार बिराटनगरमा उद्घाटन गर्दै मन्त्री कोइरालाले भने, ‘सभापति शेरबहादुर देउबालाई आगामी […]
मन्त्री भर्सेस संसदीय समिति : कार्यपालिका र व्यवस्थापिकाबीच शक्तिसंघर्ष चर्कियो
१९ असोज, काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बास्कोटाले बिहीबार बसेको संसदको विकास तथा प्रविधि समिति बैठकको निर्णय परिवर्तन गर्न लगाएको विषय यतिखेर चर्चामा छ । र, यो चर्चासँगै राज्यका दुई अंगहरु कार्यपालिका र व्यवस्थापिकावीचको शक्ति संघर्ष सघन बनेको छ । प्रतिनिधिसभा र राष्ट्रियसभामा विभिन्न समितिहरु गठन नहुञ्जेलसम्म मन्त्रीहरु फुक्काफाल जस्तै देखिन्थे । […]
दशैंको अर्थशास्त्र : गाडीदेखि साडीसम्म, मासुदेखि मदिरासम्म सबै विदेशी
१९ असोज, काठमाडौं । मूलतः पारिवारिक मिलनको चाड हो दशैं । तर, यसको आयाम यत्तिमै सीमित छैन । खासगरी, आर्थिक दृष्टिकोणबाट हेर्दा दशैंको महत्व र प्रभाव विशाल छ । मीठो खाने र राम्रो लाउने चाड भएकाले दशैंमा वस्तु तथा सेवाहरुको अत्यधिक खपत हुन्छ । हुनेखानेहरुलाई समस्या भएन, तर विपन्न परिवारले ठूलै भार बोकाएर जान्छ यसले […]








