Journalist from Itahari
Uncategorized

प्रहरी वृत्त, बौद्धका प्रमुख डिएसपी राई घुससहित पक्राउ

२० असोज, काठमाडौं । महानगरीय प्रहरी वत्त, बौद्धका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) श्यामकुमार राई घुससहित रंगेहात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले शनिबार उनलाई पक्राउ गरेको हो । उनलाई पक्राउ गरिएको आयोगका सहसचिव रामेश्वर दंगालले पुष्टि गरे । यद्यपि, कति रकमसहित पक्राउ गरिएको हो भन्ने बारेमा विवरण आइनसकेको उनले बताए । […]

Uncategorized

‘फेरि कुलपति बन्न तयार छु, भनेको हुने भए प्रधानमन्त्री हुन्थें’

नेपाल प्रज्ञा-प्रतिष्ठानका निवर्तमान कुलपति प्राज्ञ गंगाप्रसाद उप्रेतीले सरकारले यदि जिम्मेवारी दिन्छ भने आफू फेरि पनि कुलपछि बन्न तयार रहेको बताएका छन् । उप्रेतीले पुनः कुलपति बन्न तयार रहेको बताउँदै भने- यदि सरकारले मलाई मेरो पूर्वजिम्मेवारी र कार्यहरूको मूल्याङ्कन गरेर योग्य ठानी फेरि त्यो जिम्मेवारी दियो भने म सरकारले दिएको जिम्मेवारीलाई स्वीकार गर्न तयार छु ।’ […]

Uncategorized

डा. केसीको चेतावनीः कुनै पनि बेला अनसन बस्न सक्छु

२० असोज, काठमाडौं । काठमाडौं नेशनललाई गैरकानुनी रुपमा अस्पताल सञ्चालन गर्न अनुमति दिएको भन्दै प्रा. डा. गोविन्द केसीले विरोध गरेका छन् । उनले कुनै पनि बेला आमरण अनसन सुरु हुनसक्ने चेतावनी दिएका छन् । स्वास्थ्य मन्त्रालयले हालै मात्र प्रस्तावित काठमाडौं मेडिकल कलेजलाई ३०० शश्याको अस्पताल सञ्चालन गर्ने अनुमति दिएको थियो । डा. केसीले भने गैरकानुनी […]

Uncategorized

टेष्ट क्रिकेटमा भारतको कीर्तिमानी जित

काठमाडौं । भारतले वेष्ट इण्डिजलाई एकतर्फी टेष्ट म्याचमा एक इनिङ र २७२ रनले हराएको छ । यो भारतीय टेष्ट टिमकै अहिलेसम्मको सबैभन्दा ठूलो जित हो । राजकोटमा तेस्रो दिन पनि भारतीय टिम हावी भयो । भारतले भ्रमणकारी टोलीलाई सय भन्दा कम ओभरमा दुई पटक अलआउट गर्‍यो । तेस्रो दिन वेष्टइण्डिजको १४ विकेट गुम्यो । ६ […]

Uncategorized

कथाः रेन्नी

भिडमा ठेलमठेल गरेर म सबवेमा चढेँ । बिदाका दिनमा बेइजिङमा सबवेभित्र पस्न पाउनु ठूलै युद्ध जिते जस्तो अनुभव गर्नुपर्छ । भिडमा पनि चिनियाँहरु एकहातले टाउकामाथिको डण्डी समाएर अर्की हातले मोबाइल खेलाउन छोड्दैनन् । सिट पाउने त कुरै छोडौँ पापाओसानबाट उदाखोऔसम्म जाँदा उभिएकै ठाउँमा च्यापिएर गुन्द्रुक भइएला भन्ने पीर । चिनियाँहरु सामान्यतः अर्काको अनुहारमा नियालेर हेर्दैनन् […]

Uncategorized

कक्षा ११को नतिजा सार्वजनिक

२० असोज, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को नतिजा सार्वजनिक गरेको छ । यो वर्ष नियमिततर्फ ३ लाख ३२ हजार ८९१ विद्यार्थी सहभागी थिए । आंशिकतर्फ अक्षरांकनमा १ लाख ७६हजार ९५ र अंक प्रणालीमा ३९ हजार ५०५ विद्यार्थी सहभागी थिए । नियमिततर्फ १ हजार १४५ विद्यार्थीले जीपीए ३.६१ देखि ४ सम्म ल्याएका छन् […]

Uncategorized

अक्टोबरभित्रै विराटनगर आउँदै रेलको इन्जिन

१९ असोज , मोरङ । ६ वर्षअघि निर्माण सुरु भएको विराटनगर बथनाह रेल्वे खण्डमा परीक्षणका लागि रेलको इन्जिन कुदाइने भएको छ । भारत बथनाहदेखि विराटनगर महाननगरपालिका १८ बुधनगरसम्म निर्माण गरिएको ट्रयाकमा परीक्षणका रुपमा रेलको इन्जिन कुदाइने भएको हो । रेलमार्ग निर्माणको ठेक्का लिएको भारतीय इरकोण इन्टरनेशनल लिमिटेडका जुनियर जनरल म्यानेजर प्रदीप कुमारले अक्टोबर महिनाभित्र नै […]

Uncategorized

जर्नादनको प्रश्नः तीन दिनमा हुने काम दुई अध्यक्षले वर्ष दिनमा किन गरेनन् ?

२० असोज, काभ्रे । नेकपाका नेता जर्नादन शर्मा ‘प्रभाकर’ले पार्टी एकता प्रक्रिया लम्बिएकोमा असन्तुष्टि जनाएका छन् । बनेपामा आयोजित एक कार्यक्रममा शर्माले पार्टी एकता प्रक्रिया लम्बिएकै कारण सरकार पार्टीविहीन जस्तो भएको बताए । ‘मैले तीन दिनमा सक्ने काम दुई अध्यक्षले वर्ष वित्न लाग्दा किन सक्नु भएन ?’ उनले भने, ‘सरकार पार्टीविहीन भएको छ, सरकारको पक्षमा […]

Uncategorized

बजार पूँजीकरणका आधारमा टेलिकम अग्रस्थानमा

२० असोज, काठमाडौं ।  नेपाल स्टक एक्सचेञ्जले धितोपत्र कारोवार गर्ने आधारमा दश उत्कृष्ट कम्पनी छनोट गरेको छ । बजार मूल्यका आधारमा नेपाल दूरसञ्चार कम्पनी पहिलो नम्बरमा छ । सो कम्पनीको बजार पूँजीकरण मूल्य रु एक खर्ब १४ अर्ब ३० करोड बराबरको रहेको छ । सरकारी स्वामित्वको नेपाल टेलिकम बजार पूँजीकरणका आधारमा अग्रस्थानमा रहन पुगेको स्टकले जनाएको […]

Uncategorized

दशैंको लागि मुस्ताङबाट पोखरा झारिंदै च्याङ्ग्रा

२० असोज, पोखरा । मुस्ताङबाट च्याङ्ग्रा खरीद गरी पोखरामा बिक्रीका लागि जाँदै गरेका विमल विश्वकर्मा यतिखेर हेम्जातिर छन् । विश्वकर्माजस्ता धेरै व्यापारीले दशैँलाई लक्षित गरी ल्याएका च्याङ्ग्राका बथान म्याग्दी, पर्वतका विभिन्न स्थानमा झरिसकेका छन् । यही असोज २४/२५ गतेसम्म अधिकांशले पोखरा च्याङ्ग्रा ल्याइसक्ने उनले जानकारी दिए । पोखराबाट मुस्ताङमा अघिल्लो वर्षका तुलनामा कम व्यापारी च्याङ्ग्रा खरीदका […]