Journalist from Itahari
Uncategorized

अमेजन र एप्पलमाथि चिनियाँ जासूसको हमला !

चिनियाँ जासूसहरुले अमेजन र एप्पलमाथि साइबर हमला गरेको दाबी गरिएको छ । ब्लुम्बर्गका अनुसार चिनियाँ जासूसहरुद्धारा डाटा चोरी गरिएका अमेरिकी कम्पनीहरुमा एप्पल र अमेजनसमेत रहेका छन् । कम्पनीहरुको सुपर माइक्रो कम्प्युटरको सर्भरमा राखिएका साना चिप्सहरुको माध्यमबाट डाटा चोरी गरिएको हो । म्यानुफ्याक्चरिङ्गका क्रममा सर्भरमा राखिने त्यस्ता चिप्सहरु सर्भर सञ्चालन भएसँगै सक्रिय हुने र निरन्तर डाटा […]

Uncategorized

शिक्षकले गरे विद्यालयमा तालाबन्दी

२१ असोज, लहान । लामो समयदेखि तलब नपाएको भन्दै सिरहाको लहानस्थित पशुपति उच्च मावि लहानका शिक्षकले विद्यालयमा तालाबन्दी गरेका छन् । दशैँको मुखमा समेत तलब नपाएको भन्दै शिक्षकले विद्यालयको प्रशासन कोठा, प्रधानाध्यापकको कार्यकक्षमा तालाबन्दी गरेका हुन् । नियमित पठनपाठन गर्दै आए पनि लामो समयदेखि तलब नपाएकाले विद्यालयमा तालाबन्दी गरिएको शिक्षक रामकुमार साहले जानकारी दिए । […]

Uncategorized

कंगनाले लगाइन् निर्देशकमाथि यस्तो आरोप

बलिउड नायिका तनुश्री दत्ताले नायक नाना पाटेकरमाथि यौन उत्पिडनको आरोप लगाएपछि अब अन्य नायिकाहरुले पनि मुख खोल्न थालेका छन् । अब, नायिका कंगना रनावत पनि अगाडि आएकी छिन् । चलचित्र ‘क्विन’का निर्देशक विकास बहलले आफूलाई यौन हिंसा गरेको आरोप कंगनाले लगाएकी छिन् । ‘फ्यान्टम’ चलचित्रकी एक महिला कर्मचारीले विकास बहलमाथि आरोप लगाए लगतै कंगनाले उनको […]

Uncategorized

दुर्गम गाउँको विद्यालयमा स्कुल ब्याग र ट्रयाक सुट

२१ असोज, सिन्धुपाल्चोक । सुनकोशी गाउँपालिका–६, टिमुरेमा रहेको कोल्दोङ देवी माध्यमिक विद्यालयमा इसीडी वानमा अध्ययनरत छात्रा सन्दीप थापाले विद्यालयमा स्कुल ब्याग र ट्रयाक सुट पाएपछि खुसी थिए । स्कुल ब्याग र ट्रयाक सुट लिनका लागि उनले सँगै ल्याएका थिए, हजुरबुबा कर्णध्वज थापालाई । सुनकोशी गाउँपालिकाका अध्यक्ष श्रवणकुमार जीसीको हातबाट ट्रयाक सुट र सिन्धुपाल्चोक विजनेश क्लबका […]

Uncategorized

कार्की र मल्लले जिते कार्ल्सबर्ग गल्फसिरिज २०१८

२१ असोज, काठमाडौं । कार्ल्सबर्ग गल्फसिरिज् २०१८ को अन्तिम लिग् अर्थात् देशको सबैभन्दा प्रतिष्ठित गल्फिङ इभेन्टको फाइनल सिरिज सम्पन्न भएको छ । ३ वटा सिरिजमध्येको अन्तिम सिरिजको सुरुवात असोज २० गते भएको थियो । आफ्नो होम क्लबहरुको भ्यालिड ह्याण्डीक्याप भएका देशभरीका उदयमान–गल्फरहरुलाई पनि यस इभेन्टमा सुनौलो मौका दिइएको थियो । यो सिरिज् ३/४ ह्याण्डीक्यापका साथ […]

Uncategorized

‘छक्का पन्जा ३’को प्रचारले दीपिकालाई छोएन

रिलिज हुनुभन्दा करिब १५ दिन अगाडि चलचित्र ‘छक्का पन्जा ३’का निर्माता दिपकराज गिरीलाई अर्का निर्माता अशोक शर्मासँग राजनीति गरेर नै फुर्सद मिलेन । अशोकले आफू निर्देशित चलचित्र ‘जय भोले’लाई ‘छक्का पन्जा ३’सँगै जुधाउने अड्डी लिएपछि दिपकलाई यो भिडन्त नजुधाउन फलामको चिउरा चपाए जस्तै भयो । र अन्त्यमा उनी सफल पनि भए । राजनीति सकिएपछि चलचित्रको […]

Uncategorized

विकास र दीपकले साथ दिदा भाग्यमानी बन्दै प्रियंका

संभवत, नेपालका २ ठूला ब्यानरले साथ नदिने हो भने, नायिका प्रियंका कार्कीको करिअर अहिले धरापमा परिसकेको हुन्थ्यो होला । तर, नेपालका २ ठूला ब्यानरको साथले पि्रयंकालाई ठूलो राहत मात्र मिलेको छैन, प्रतिस्पर्धात्मक बजारमा आफ्नो दरिलो उपस्थिती बनाउने अवसर पनि मिलिरहेको छ । चलचित्र ‘वडा नम्बर ६’देखि निर्माता दिपकराज गिरी र निर्देशक दीपाश्री निरौलाले प्रियंकालाई साथ […]

Uncategorized

कंगोमा तेल ट्यांकर दुर्घटनापछि आगलागी, ५० जनाको मृत्यु

२१ असोज, काठमाडौं । प्रजातान्त्रिक गणतन्त्र कंगोमा तेल ट्यांकर दुर्घटनापछि सल्केको आगो फैलिएर ५० जनाको ज्यान गएको छ । कंगोको मध्यक्षेत्रको एमबुजा ग्रामीण इलाकामा दुर्घटनापछि ट्यांकरबाट पोखिएको पेट्रोलियम पदार्थमा आगो सल्केको र नजिकैको गाउँमा फैलिँदा ५० जनाको मृत्यु भएको त्यहाँका सरकारी अधिकारीहरुलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले लेखेका छन् । दुर्घटनामा दर्जनौ मानिस घाइते भएका र […]

Uncategorized

‘इन्टु मिन्टु लण्डनमा’बाट उदाइन् त रेनशा ?

खडेरी लागेको चलचित्रको व्यापरमा भदौ र असोजमा रिलिज भएका एकाध चलचित्रले थोरै भएपनि राहत दिने काम गरे । चलचित्र ‘नाई नभन्नु ल ५, रामकहानी, इन्टु मिन्टु लण्डनमा’को व्यापारले सुस्ताएको चलचित्र क्षेत्र चलमलाउने अवस्थामा पुग्यो । चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’ले चलचित्र क्षेत्रलाई चलायमान बनाइरहँदा एक नयाँ निर्देशकको जन्म भयो, रेनशा वान्तवा राई । चलचित्रको गीतमा मात्र […]

Uncategorized

प्रदेश ५ मा करार खेती कार्यक्रम, भूमिहीनलाई निःशुल्क जग्गा

२१ असोज, बुटवल । प्रदेश ५ सरकारले भूमिहीन सुकुम्वासीहरुलाई निःशुल्क जग्गा दिएर खेती गराउने तयारी थालेको छ । कृषि पेशा अपनाउन इच्छुक तर आफ्नो जग्गा नभएका भूमिहीन नागरिकलाई लक्षित गरी प्रदेश सरकारले करार खेती कार्यक्रम ल्याएको हो । प्रदेश ५ सरकारको यो कार्यक्रम नौलो र भूमिहीनमैत्री भएकाले यसप्रति भूमिहीनहरु र भूमिहीन सम्वद्ध संघसंगठन सकारात्मक भई […]