२६ कात्तिक, सिमरा । बाराको सिमरा आसपासमा करिब १ सय ई रिक्साहरु चल्छन् । तिनै रिक्साहरुको भिडमा सधैंजसो देखिने अनुहार हो सिमरा औराहाका ६२ बर्षे प्रेमचन्द्र लम्साल । निधारमा सेतो चन्दन टिका र पहेँलो बस्त्रमा चालकहरुको लाममा उनी भिन्नै देखिन्छन् । २०४२ सालमा राजधानीबाट बारामा बसाई सरेका लम्सालका जीवन भोगाइका अनेकन अनुभवहरु छन् । स्कुले […]
Author: purnakhabar
कोलम्बो प्रोसेसको छैटाैं बैठक काठमाडौंमा हुने
२६ कात्तिक, काठमाडौं । वैदेशिक रोजगारीका लागि कामदार पठाउने राष्ट्रहरुको साझा मञ्च कोलम्बो प्रोसेसको छैटाैं बैठक काठमाडौंमा हुने भएको छ । नेपालको अध्यक्षतामा हुन लागेको कोलम्बो प्रोसेसको बैठक कात्तिक २९ र ३० मा काठमाडौंमा हुने भएको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सोमबार पत्रकार सम्मेलन गरी बैठकका लागि १२ देशका मन्त्री र उच्च […]
साना क्लबविरुद्ध किन कमजोर बार्सिलोना ?
२६ कात्तिक, काठमाडौं । स्पेनिस ला लिगामा आइतबार राति रियल बेटिस क्याम्प नाउमा छिर्नुअघिसम्म बार्सिलोनाले कति गोल हान्ला भन्ने बहस ठूलो थियो । बार्सिलोनाले तीन गोल हान्ने विश्लेषकहरुको अनुमान त सही देखियो तर रियल बेटिसले चार गोल हानेर महत्वपूर्ण तीन अंक जित्यो । बार्सिलोना घरेलु मैदानमा दुई वर्षपछि पराजित मात्र भएन, यो सिजन कमजोर भनिएका […]
दशैं बोनस माग्दै कामदार आन्दोलनमा, विराटनगरमा फोहोर उठेन
२६ कात्तिक, मोरङ । दशैं बोनस माग गर्दै कामदार आन्दोलनमा उत्रिएपछि विराटनगर महानगरपालिकामा फोहोर व्यवस्थापन रोकिएको छ । फोहोर व्यवस्थापनको जिम्मा पाएको ठेकेदार कम्पनी वेष्ट म्यानेजमेन्ट गु्रपका कामदार काम छाडेर आन्दोलनमा उत्रिएका छन् । २५० मजदुर आन्दोलनमा उत्रिएपछि आइतबारदेखि फोहोर नउठेको वेष्ट म्यानेजमेन्ट ग्रुपका सञ्चालक देवी आचार्य बताउँछन् । घाटामा काम गरिरहेकाले कामदारलाई दशैं बोनस […]
हिमालयन शेर्पा राइनो संरक्षण गोल्डकपको सेमिफाइनलमा
२६ कात्तिक, नवलपरासी । नवलपरासीको मध्यविन्दु नगरपालिका-२ कोल्हुवामा जारी राइनो संरक्षण गोल्डकप फुबटल प्रतियोगिताको सोमबारको खेलमा एपीएफलाई ट्राइबेकरमा हराउँदै हिमालयन शेर्पा सेमिफाइनलमा पुगेको छ । क्वाटर फाइनलमा खेलमा हिमालयन शेर्पा विजयी भएको हो । ट्राइबेकरमा ४-२ गोल अन्तरले एपीएफलाई पराजित गर्दै हिमालयनले सेमिफाइनलको यात्रा तय गरेको हो । सोमबार भएको खेलको पहिलो हापको ४४ औ […]
लागूऔषधसहित वीरगञ्जमा दुई युवक पक्राउ
२६ कात्तिक, वीरगञ्ज, । वीरगञ्जबाट सशस्त्र प्रहरीले लागूऔषधसहित दुईजना युवकलाई नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरीले ललितपुर पाटन महानगरपलिका वडा नं ८ बस्ने २३ बषिर्य सागर कार्की र सोही महानगरपालिकाको वडा नं ९ बस्ने २० बषिर्य राजेश कुचिकारलाई लागूऔषधसहित नियन्त्रणमा लिएको हो । उनीहरुलाई वीरगञ्ज भन्सारस्थित सशस्त्र प्रहरी बल राजश्व तथा भन्सार गस्ती सुरक्षा गुल्मको […]
नेपालको मागअनुसार लगानी र सहयोग गर्छौं : कोरियाली राजदूत
२६ कात्तिक, बुटवल । नेपालका लागि दक्षिण कोरियाली राजदूत पार्क योङ सिकले लगानीमैत्री वातावरण बने कोरियाको लगानी आउने बताएका छन् । सोमबार बुटवल उद्योग वाणिज्य संघमा आयोजित छलफल कार्यक्रममा उनले दक्षिण कोरियाले आफ्नो रुचिअनुसार नभई नेपाल सरकारको माग र आवश्यकताका क्षेत्रमा सहयोग र लगानी गर्ने स्पष्ट पारे । शिक्षा, स्वास्थ्य, कृषि र जनताको जीवनस्तर उकास्ने […]
बसपार्कको गेस्ट हाउसमा शंकास्पद वस्तु भेटियो
२६ कात्तिक, काठमाडौं । काठमाडौंको नयाँ बसपार्कस्थित एक होटलमा शंकास्पद वस्तु भेटिएको छ । सोमबार दिउँसो होटल पूर्वेली गेस्ट हाउसको एक कोठामा शंकास्पद वस्तु भेटिएको हो । काठमाडौं प्रहरी परिसरका प्रवक्ता डिएसपी होमिन्द्र बोगटीका अनुसार त्यहाँ केही पर्चा पनि भेटिएको छ । ‘यो होक्स हो भन्ने हाम्रो प्रारम्भिक अनुमान छ’, उनले अनलाइनखबरसँग भने, ‘यद्यपि, अनुसन्धान […]
महोत्तरीमा भारतबाट ४० लाखको केरा आयात
२६ कात्तिक, गौशाला । महोत्तरी सदरमुकाम जलेश्वरमा छठ पर्वका लागि व्यवसायीले भारतबाट ४० लाखको केरा आयात गरेका छन् । आज जलेश्वरमा लाग्ने हाटबजारका लागि सो केरा आयात गरिएको हो । अघिल्लो वर्ष छठ पर्वका लागि भारतबाट ३० लाखसम्मको केरा आयात गरिएको केरा व्यवसायी गणेश साहले बताए । यहाँका केरा व्यापारीले यस वर्ष सामूहिक रूपमा २५ […]
नेप्सेको विज्ञप्तिप्रति लगानीकर्ता असन्तुष्ट
२६ कात्तिक, काठमाडौं । नेपाल स्टक एक्सचेञ्जले सोमबार मध्यान्ह सार्वजनिक गरेको प्रेस विज्ञप्तिप्रति लगानीकर्ताहरुले असन्तुष्टि जनाएका छन् । सोमबार नेपाल इन्भेष्टर फोरमका अध्यक्ष अम्बिकाप्रसाद पौडेलको नेतृत्वमा गएको टोलिले नेप्सेका सीईओ चन्द्रसिंह साउदलाई भेटेर असन्तुष्टि व्यक्त गरेका हुन् । नेप्सेले मध्यान्ह सेयर कारोबार प्रणालीमा कुनै समस्या नरहेको र डिस्प्लेमामात्रै समस्या देखिएको भन्दै प्रेस विज्ञप्ति सार्वजनिक गरेको […]









