Journalist from Itahari
Uncategorized

इरानी ‘सिक्काका सुल्तान’लाई फाँसी दिइयो

२८ कात्तिक, काठमाडौं । इरानमा दुई टन सुनको सिक्कासहित पक्राउ परेका वहीद मजलूमीनलाई बुधबार विहान फाँसी दिइएकोछ । राजधानी तेहरानको अभियोजन कार्यालयका अनुसार मजलुमीन र उनका साथी मोहम्मद इस्माइल गासेमीलाई मृत्युदण्ड दिने आदेशलाई इरानको सबैभन्दा ठूलो अदालतले सदर गरेको छ । दुबैलाई भ्रष्टाचार र आर्थिक अपराधको मुद्दामा अदालतले दोषी ठहर गरेको थियो । इरानको मुद्रा […]

Uncategorized

हाकिमको संगतले नेताहरु बिग्रिए : प्रचण्ड

२८ कात्तिक, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले कर्मचारीतन्त्रको संगतले नेताहरु पनि बिग्रन थालेको बताएका छन् । आन्दोलन गरेर मुलुक परिवर्तन गर्ने नेताहरुलाई राजाको पालामा तालिमप्राप्त कर्मचारीले बिगारिसकेको आरोप लगाएका हुन् । बुधबार म्याग्दी उद्योग वाणिज्य संघले आयोजना गरेको कार्यक्रममा उनले कर्मचारीको माथिल्लो तहमा रहेकाहरुले नेताहरुलाई नै बिगारिसकेको दावी गरे । ‘जतिसिुकै […]

Uncategorized

सरकारकाे लक्ष्यः तीन वर्षमा सबै तुइन विस्थापन, २४ सय झोलुङ्गे पुल

२८ कात्तिक, काठमाडौं । सरकारले तीन वर्षभित्रमा सबैै ठाउँमा झोलुङ्गे पुल निर्माण गर्ने गरी काम अघि बढाएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले तीन वर्षमा निर्माण हुन बाँकी रहेका दुई हजार ४०० झोलुङ्गे पुल निर्माण गर्ने गरी काम अघि बढाइएको बताए । प्रधानमन्त्री केपी शर्मा ओली पहिलोपटक प्रधानमन्त्री हुँदा मन्त्रिपरिषद् बैठकको […]

Uncategorized

जिल्ला समन्वय समितिका सदस्यमाथि खुकरी प्रहार

२८ कात्तिक, मेलम्ची । जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका सदस्य देशबहादुर तामाङमाथि खुकुरी र बियरको बोतल प्रहार भएको छ । आक्रमणमा परी तामाङ गम्भीर घाइते भएका छन् । सोमबार मेलम्ची नगरपालिका–१२ बाहुनेपाटीमा तामाङमाथि आक्रमण भएको जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका उपप्रमुख बालकुमारी सापकोटाद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरिएको छ । अराजक तत्वको जमातले तामाङमाथि आक्रमण गरी घाइते बनाएको […]

Uncategorized

नेपाल समृद्धिको बाटोमा हिँड्न थालेको छः प्रधानमन्त्री ओली

२८ कात्तिक, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल आर्थिक विकास र समृद्धिको बाटोमा लागेको दावी गेरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार भएको चीनका पर्यटन तथा संस्कृतिमन्त्री लु सुगाङसंगको भेटमा प्रधानमन्त्री ओलीले नेपालले हिड्न थालेको समृद्धिको बाटोमा मित्र राष्ट्रहरुबाट उदारतापूर्वक सहयोगको अपेक्षा गरिएको बताए । ‘समृद्धिको लक्ष्य हासिल गर्नका लागि मित्र राष्ट्रहरुबाट सहयोग अपेक्षा […]

Uncategorized

श्रीलंकाली संसदबाट राजापाक्षेविरुद्ध अविश्वास प्रस्ताव पारित

२८ कात्तिक, काठमाडौं । श्रीलंकाको संसदमा प्रधानमन्त्री महिन्दा राजापाक्षेविरुद्ध अविस्वास प्रस्ताव पारित भएको छ । संसद विघटन गर्ने राष्ट्रपति मैत्रीपाला सिरिसेनाको निर्णय सर्वोच्च अदालतले खारेज गरेको भोलिपल्ट बुधबार संसदले प्रधानमन्त्रीमा विवादास्पद रुपमा नियुक्त भएका राजापाक्षेविरुद्ध अविस्वास प्रस्ताव पारित गरेको हो । संसदको २२५ सदस्यमध्ये बहुमत सदस्यले राजापाक्षेलाई नियुक्त गर्ने राष्ट्रपतिको कदमविरुद्ध मतदान गरेका थिए । […]

Uncategorized

विछोडिएको प्रेमी बन्न आर्यनको यस्तो गेटअप

नायक आर्यन सिग्देलको एउटा गेटअपले यतिबेला राम्रै ध्यान तानेको छ । आर्यनले पालेको दाह्री जुँगाले मिडियामा राम्रै स्थान पाएको पनि छ । चकलेटी नायकको यो गेटअप दर्शकका लागि कौतुहलताको बिषय रहनु स्वभाविक पनि हो । नायक आर्यन सिग्देलले यो लुक्स चलचित्र ‘हजार जुनी सम्म’का लागि बनाएका हुन् । आर्यन सिग्देल यो चलचित्रमा प्रेमीको अवतारमा देखिन […]

Uncategorized

मन्त्रीबाट हटाइएका सोडारी नेकपाको साधारण सदस्यबाटै निष्कासित

२८ कात्तिक, कैलाली । पदीय मर्यादा विपरीत काम गरेको आरोपमा मन्त्री पदबाट हटाइएका सामाजिक विकासमन्त्री दीर्घबहादुर सोडारीलाई पार्टीले नेकपाको साधारण सदस्यबाटसमेत अनिश्चितकालीन निष्कासित गरेको छ । एकताअघि एमाले कैलालीका अध्यक्षसमेत रहेका सोडारीलाई मंगलबार साँझ नेकपा सुदूरपश्चिम प्रदेश कमिटीले साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासित गरिएको प्रदेश कमिटिकाका अध्यक्ष कर्णबहादुर थापाले जानकारी दिए । पदीय आचरणका […]

Uncategorized

टस गर्ने सिक्का बिर्संदा निलम्बित भए रेफ्री

२८ कात्तिक, काठमाडौं । इंग्ल्याण्डमा महिला सुपर लिगको एक खेलमा बल कसले चलाउने भन्ने निर्णय लिन रेफ्री डेभिड म्याकनामाराले ‘रक, पेपर, सिजर’ खेलाएर निर्णय लिँदा निलम्बित हुनु परेको छ । म्यानचेस्टर सिटी र रिडिङबीचको खेलमा बल कसले चलाउने भन्ने निर्णय लिन म्याकनामाराले ‘रक, पेपर, सिजर’ खेलाएका थिए । खेल सुरु हुनुअघि बल चलाउने निर्णय गर्न […]

Uncategorized

प्राकृतिक चिकित्सालयबाट काठ बरामद प्रकरण : दोषी उम्काउने खेल

२८, कात्तिक, चितवन । भरतपुरको वागेश्वरीमा रहेको योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालयबाट दुई साताअघि अवैध रुपमा काटेर लुकाइएको काठ बरामद भयो । प्राकृतिक चिकित्सालयका पदाधिकारीहरुले छिमेकी जलदेवी सामुदायिक वनबाट काठ चोरी गरेर लुकाइरहेको अवस्थामा कात्तिक १२ गते सामुदायिक वनका पदाधिकारीहरुले ५६.११ क्यूफिट सालको काठ बरामद गरेका थिए । बरामद गरिएको काठ सामुदायिक वनको कार्यालय […]