Uncategorized

पिप्लेमा पुग्यो पहिलोपटक बस

२४ असोज, तेह्रथुम । म्याङलुङ नगरपालिका–४ पिप्लेमा पहिलो पटक बस पुगेको छ । गाउँसम्म पुग्ने सडक स्तरोन्नति गरिएपछि गाउँबाटै दैनिक बस सेवा शुरु भएको हो ।

म्याङलुङ बसपार्कदेखि पिप्लेको जनता आधारभूत विद्यालयसम्म दैनिक बस सेवा शुरु भएको वडाध्यक्ष रामबहादुर खड्काले बताए ।

मंगलबार पिप्लेमा पहिलो पटक बस पुगेको हो । दैनिक बेलुका ४ बजे बसपार्कबाट र बिहान ७ बजे पिप्लेबाट बस छुट्ने तेह्रथुम बस काउन्टरका प्रमुख डिल्ली रेग्मीले बताए । गाउँसम्मै दैनिक बस पुग्न थालेपछि गाउँबाट बजार आवतजावत तथा पूर्वी तराईसम्म जान सहज हुने भएको छ ।

सदरमुकाम नजिकै रहेको पिप्लेमा वर्षौअघिनै सडक निर्माण भए पनि हालसम्म बस सेवा पुगेको थिएन । वर्षाले क्षतिग्रस्त सडक मर्मत भएपछि अहिले म्याङलुङबाट फेदाप गाउँपालिकाको इसिबुसम्म, जिरीखिम्तीबाट मोराहाङसम्म र छथर गाउँपालिकासम्म पनि दैनिक बस सेवा सञ्चालन भइरहेको छ ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *