Uncategorized

डलरकाे भाउ अहिलेसम्मकै उच्च विन्दुमा

२४ असोज, काठमाडौं । अमेरिकी डलर अझ बलियो बन्दै गएको छ । केही समयदेखि लगातार उकालो लागेको अमेरिकी डलरको भाउ बुधबार १ सय १९ नाघेको छ ।

बुधबार नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलर बराबर १ सय १८ रुपैयाँ ७३ पैसा खरिददर तोकेको छ भने बिक्रीदर १ सय १९ रुपैयाँ ३३ पैसा पुगेको छ । यो इतिहासकै सबैभन्दा धेरै हो ।

अमेरिकी डलर शक्तिशाली बन्दा भारतीय रुपैयाँ पनि कमजोर बन्दै गएको छ । भारतीय रुपैयाँ र नेपाली रुपैयाँबीचको विनिमय दरका कारण अमेरिकी डलर वलियो बन्दा यसको असर नेपाललाई समेत प्रत्यक्ष रुपमा पर्ने गरेको छ ।

नेपाली रुपैयाँ कमजोर बन्दा मुलुकको अर्थतन्त्रमा नकरात्मक असर पर्ने अर्थविद्हरु बताउँछन् । यद्यपि, रेमिट्यान्स आप्रवाहमा भने यसले सकरात्मक असर गर्ने गरेको छ ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *