Uncategorized

कर्मचारी समायोजन अध्यादेशप्रति राज्य व्यवस्था समितिको चासो

५ मंसिर, काठमाडौं । संसदको राज्य व्यवस्था सुशासन समितिले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई कर्मचारी समायोजन अध्यादेश उपलब्ध गराउन पत्राचार गरेको छ ।

मौखिक रुपमा माग गर्दा मन्त्रालयले उक्त अध्यादेश उपलब्ध नगराएपछि लिखित रुपमै माग गरिएको समिति सभापति शशी श्रेष्ठले जानकारी दिइन । ‘मौखिक रुपमा माग गर्दा मन्त्रालयले कर्मचारी समायोजन अध्यादेश उपलब्ध गराएको छैन्’, श्रेष्ठले अनलाइनखबरसँग भनिन् ।

सभापति श्रेष्ठका अनुसार, समिति सदस्यहरुको मागबमोजिम गत बुधबार मन्त्रालयसँग अध्यादेश माग गरिएको थियो । तर, मौखिक रुपमा माग गर्दा प्राप्त नभएपछि समिति सचिवालयले गत शुक्रबार नै पत्र पठाएर उक्त उध्यादेश उपलब्ध गराउन माग गरेको थियो ।

तर, अहिलेसम्म कुनै प्रतिक्रिया नआएको समिति सचिवालयले जनाएको छ ।

कर्मचारी समायोजन अध्यादेश प्राप्त हुने वित्तिकै समितिमा छलफल हुने समिति सभापति श्रेष्ठले जानकारी दिइन । समिति सदस्यहरुले कर्मचारी समायोजन अध्यादेशका सन्दर्भमा यसअघि पटक–पटक आवाज उठाउँदै आएका थिए ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *