Uncategorized

रोकिएन मरिच तस्करी, चार महिनामै १८ टन बरामद

५ मंसिर, वीरगञ्ज  । भियतनामलगायत तेस्रो मुलुकबाट मरिच ल्याएर भारततर्फ तस्करी गर्ने क्रम अझै रोकिएको छैन । नेपालमा भन्दा भारतमा मरिचको मुल्य बढी भएका कारण तस्करी नरोकिएको हो ।

वीरगञ्जमा ४/५ सय रुपैयाँ किलोमा पाइने मरिच भारतीय बजारमा त्यति नै भारतीय रुपैयाँमा बिक्रि हुने गरेको छ । त्यसले गर्दा पनि मरिच तस्करी नरोकिएको व्यापारीहरु बताउँछन् ।

पछिल्लो समयमा तस्करहरुले सीमा क्षेत्रमा मरिच भण्डारण गर्ने र रातको समयमा साइकलमा राखेर वा बोकाएर सीमा पारी गराउने गरेका छन् ।  चालु अार्थिक वर्षमा मात्रै वीरगञ्ज हुँदै तस्करी हुन लागेको १८ टन मरिच बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साको तथ्यांक छ ।

सशस्त्र प्रहरीको वीरगञ्ज भन्सार सुरक्षा गुल्मले वीरगज महानरपालिका-१६ शंकराचार्य गेटदेखि दक्षिण दशगजा क्षेत्रबाट फेरि १२५ किलो मरिच बरामद गरेको छ । ना१ह ४९२९ नम्बरको ई-रिक्सामा राखेर भारततर्फ लैजादै गरेको अवस्थामा मरिच बरामद गरिएको सशस्त्र प्रहरी नायब उपरीक्षक तिलक बहादुर खड्काले जानकारी दिए ।

बरामद गरिएको मरिचको मुल्य ४३ हजार ७ सय ५० रुपैयाँ अनुमान गरिएको छ । सशस्त्र प्रहरीलाई देख्ने वित्तिकै ई-रिक्सा चालक भने फरार भएकोले नियन्त्रणमा लिन नसकिएको जनाइएको छ ।

ई-रिक्सासहितको मरिच आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयको जिम्मा लगाइएको सशस्त्र प्रहरी बल वीरगञ्ज भन्सार सुरक्षा गुल्मले जनाएको छ ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *