Uncategorized

सुदूरपश्चिमका १२ स्थानमा ‘नागरिक सहायता कक्ष’

१८ असोज, डोटी । दशैँ तिहार तथा छठपर्वलाई मध्यनजर गर्दै सुदूरपश्चिम क्षेत्रीय प्रहरी कार्यालय दीपायलले सुदूरपश्चिम प्रदेशका १२ स्थानमा नागरिक सहायता कक्ष स्थापना गरेको छ ।

चाडपर्वका बेला यात्रुको सहज र सुरक्षित आवागमनको व्यवस्था मिलाउन नागरिक सहायता कक्ष स्थापना गरेर सेवा सुरु गरिएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक विद्यानन्द माझीले जानकारी दिए ।

सुदूरपश्चिम प्रहरीले डोटीको पिपल्ला, सिलगढी बसपार्कसहित कैलालीको अत्तरिया बसपार्क, धनगढी बसपार्क, लम्कीचुहा बसपार्क कञ्चनपुरको महेन्द्रनगर बसपार्क, डडेल्धुराको बागबजार बसपार्क र स्याउलेमा नागरिक सहायता कक्ष सञ्चालन गरेको जनाएको छ ।

बैतडीको गोठलापानी, अछामको मङ्गलसेन, बझाङको सिमखेत र बाजुराको मार्तडी बसपार्कमा सहायता कक्ष स्थापना गरी सेवा सुरु गरिएको जनाइएको छ ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *