Uncategorized

नियमविपरीत थपिएका जीपका सिट हटाउँदै ट्राफिक प्रहरी

५ मंसिर, डडेल्धुरा । जिल्ला ट्राफिक प्रहरी कार्यालय, डडेल्धुराले  नियमविपरीत जीपमा थपिएका सिट हटाउन शुरु गरेको छ ।

जिल्लाका ग्रामीण क्षेत्रमा सञ्चालित पिकअप जीपहरुले क्षमताभन्दा बढी यात्रु बोकेका कारण दुर्घटना बढेको निष्कर्ष निकाल्दै  बढी सिट निकाल्न लागिएको ट्राफिक कार्यालय, डडेल्धुराका इन्चार्ज गणेश सिंह नागरिले जानकारी दिए ।

यातायात व्यवस्था कार्यालयले पाँच सिट पास गरेको भए पनि पिकअप जीपहरुले पछाडिको भागमा सिट थप्दै बढी यात्रु बोक्दै आएका छन् । डडेल्धुरामा हाल सिट पास भएका १ सय २५ पिकअप जीप छन् ।

ट्राफिक प्रहरी कार्यालय डडेल्धुराले दुई दिनको अवधिमा ७० पिकअप जीपको पछाडिको सिट हटाएको छ ।

डडेल्धुराका ग्रामीण सडकसहित पोखरा, डोटीको दीपायल, बैतडीको खोड्पे, पाटनमा पिकअप जीपले यात्रु बोक्दै आइरहेका छन् । यस्ता जीपहरुले ५ सिट मात्रै राख्न पाउने नियम बसालिएको भए पनि क्षमताभन्दा पाँच गुणा बढी यात्रु बोक्ने गरेका छन् ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *