Banner News

बिप्लव नेकपाले सम्पूर्ण पत्रकारलाई दियो निमन्त्रणा: ‘मङ्सिर ८ गते जनसभामा आइदिनु’

मङ्सिर ४, काठमाडौ । नेत्र बिक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले पार्टी पुनर्गठन दिवसका अवसरमा मङ्सिर ८ गते काठमाडौँमा गर्न लागेको जनसभा र प्रदर्शनमा देशको चौथो अंगको रुपमा रहेका सम्पूर्ण पत्रकार-मिडिया कर्मीहरुलाई निमन्त्रणा दिएको छ ।

काठमाडौंको शान्तिवाटिकामा हुन गैरहेको बिशाल जनसभा तथा र्याली कार्यक्रममा सहभागी भई समाचार संकलन, प्रकाशन र प्रसारण गर्न समेत अनुरोध गरेको छ ।

नेकपाका केन्द्रिय सदस्य तथा जनसभा प्रचारप्रसार उपसमिति संयोजक मिलनले संचारकर्मीहरुलाई खुल्ला निमन्त्रणा पत्रद्वारा अनुरोध गर्दै उपस्थितिका लागि आग्रह गरेका छन्  । काठमाडौंको शान्तिवाटिकामा मङ्सिर ८ गतेका अपराह्न १ बजे देखि कार्यक्रम हुने पत्रमा उल्लेख गरिएको छ ।

त्यसैगरी जनसभा र प्रदर्शनको तयारि बारे मङ्सिर ५ गते बुधबार दिउसो १ बजे रिपोर्टर्स क्लब भृकुटीमण्डप काठमाडौमा पत्रकार सम्मेलन गर्ने सोहि पार्टी सम्बद्द क्रान्तिकारी पत्रकार सङ्गठन नेपालले जनाएको छ ।

प्रचारप्रसारलाई देशैभरि घनिभूत बनाई रहेको नेकपाले देशको राजधानी काठमाडौंमा बिशाल जनशक्ति प्रदर्शन गर्ने तयारी गरेको बुझिएको छ ।

Source link

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *