Uncategorized

वाइडबडी विमान खरिद प्रकरणः लेखा समितिमा छलफल हुने

४ मंसिर, काठमाडौं । नेपाल वायुसेवा निगमको वाइडबडी विमान खरिद प्रकरणबारे प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिमा छलफल हुने भएको छ । समितको मंगलबार बसेको बैठकले निगमको वाइडबडी विमान खरिद प्रकरणबारे आगामी बैठकमा छलफल गर्ने निर्णय गरेको हो । समितिको बेठक आगामी ९ गते बस्दैछ ।

वाइडबडी विमान खरीद प्रकरणको विषयमा अनियमितता भएको हो कि भन्ने चासो उत्पन्न भएको भन्दै नेपाली कांग्रेसका सांसद मिनेन्द्र रिजालले खरिद प्रकरणका विषयमा समितिमा छलफल हुनु पर्ने बताएका थिए ।

सांसद रिजालले उठाएको प्रश्न पछि सभापति भरतकुमार शाहले आजको बैठकको विषवस्तु अर्कै भएका कारण आगामी बैठकमा छलफल हुने जानकारी दिए ।

सभापति शाहले समितिको आगामी बैठकमा निगमका सम्बन्धित अधिकारीहरु समेत बोलाएर छलफल हुने जानकारी दिए । आज बसेको बैठकमा भने चिनिको मूल्यको विषयमा छलफल भएको थियो ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *