Banner News

मानवअधिकार कर्मी पद्मरत्न तुलाधरको निधन

कार्तिक १८, काठमाडौं । मानवअधिकार कर्मी पद्मरत्न तुलाधरको निधन भएको छ । उनको निधन नर्भिक अस्पतालमा आज दिनको १ बजे भएको छ ।

मानवअधिकारकर्मी तथा नागरिक अगुवा पद्मरत्न तुलाधरको ७७ वर्षको उमेरमा निधन भएको हो । थापाथलीस्थित नर्भिक अस्पतालमा उपचरका क्रममा तुलाधरको निधन भएको हो ।

बिरामी भएपछि उनी अन्नपूर्ण न्युरो अस्पतालमा उपचारका लागि भर्ना भएका थिए । त्यहाँ उपचार सम्भव नभएपछि उनलाई थापाथलीस्थित नर्भिक अस्पतालमा सारिएको थियो ।

तुलाधार २०५१ सालको आमनिर्वाचनमा काठमाडौँ क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभामा विजयी भएका थिए ।

चिकित्सकहरुका अनुसार तुलाधरलाई मस्तिष्कघात भएको थियो । उनलाई अस्पतालको सघन उपचार कक्ष आइसियु मा राखेर उपचार भैरहेको थियो । यसअघि पनि उनलाई एकपटक पक्षघात भएको थियो।

Source link

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *