Uncategorized

गुन्डा नाइके समिरमान बस्नेतकी श्रीमती पक्राउ

१८ कात्तिक, काठमाडौं । प्रहरीले गुन्डा नाइके समिरमान सिंह बस्न्यातकी श्रीमतीलाई पक्राउ गरेको छ ।

महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले बस्न्यातकी श्रीमती माया शेरचनलाई पक्राउ गरेको हो । उनलार्इ स्वयम्भुको ठूलो भर्याङ क्षेत्रबाट पक्राउ गरिएको महाशाखाका एक अधिकारीले अनलाइनखबरलार्इ बताए ।






यो पनि पढ्नुहोस
समिरमानकी श्रीमती पक्राउ प्रकरणः तीन गोलीकाण्डमा हतियार दिएको दाबी

यसअघि गत वर्ष २३ असोजमा बानेश्वरमा गोली हानी हत्या गरिएका शरद गौचनको घटनामा उनको पनि संलग्नता देखिएको प्रहरीको दाबी छ ।

समिरका ३ जना सुटर पक्राउ परेसँगै घटनामा मायाको संलग्नता पनि सार्वजनिक भएको हो । यसअघि समिरलाई कारागार व्यस्थापन विभागले मुस्ताङ सरुवा गर्दा मायाले प्रहरीले इन्काउन्टर गर्न खोजेको आरोप लगाएकी थिइन् ।






यो पनि पढ्नुहोस
समिरमानका सुटर पक्राउसँगै ‘हाइ-प्रोफाइल हत्या’ टर्‍यो !

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *