Banner News

मोदी सरकारलाई लाग्यो गम्भीर झट्का

कात्तिक १, काठमाडौँ । किसानका मुद्दामा नरेन्द्र मोदी नेतृत्वको भारतीय जनता पार्टी (भाजपा) सरकारले लगातार आँखा चिम्लिएको आरोप लगाउँदै राजस्थानका किसान नेता रामपाल जाटले भाजपा छोडेका छन् ।

जाट भाजपा छोडेर आम आदमी पार्टी प्रवेश गरेका हुन् । जाट जयपुरमा भाजपा छोडेको घोषणा गर्दै आम आदमी पार्टीमा प्रवेश गरेको उद्घोष गरेका हुन् ।

आम आदमी पार्टी प्रवेश गरेपछि जाटले अब राजस्थानमा किसानको राज्य ल्याउने प्रयास गरिने बताए । भाजपाले राम्रो राज्य ल्याउने दाबीबाट पछि हटेको जाटले आरोप लगाए ।

राजस्थानकी मुख्यमन्त्री वसुंधरा राजे सिंधियाले किसानको पक्षमा केही नगरेको आरोप जाटले लगाए । जाट बुधबार भाजपा छोडेर आम आदमी पार्टी प्रवेश गरेका हुन् । बुधबार नै जसवंत सिंहका छोरा मानवेन्द्र सिंह पनि भाजपा छोडेर कांग्रेसमा प्रवेश गरेका छन् ।

जाट राजस्थानका ठूला किसान नेता हुन् । उनले २७ वर्षसम्म राजस्थान उच्च अदालतमा वकालत गरेका थिए । उनी लामो समयदेखि किसानको हितका लागि लडिरहेका छन् ।

रामपाल जाट किसान महापञ्चायतका राष्ट्रिय अध्यक्ष हुन् । उनले धेरै किसान आन्दोलनमा नेतृत्वदायी भूमिका खेलेका छन् ।

Source link

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *