Uncategorized

राइनो गोल्डकपको उपाधि विमल घर्तीको च्यासल युथ क्लवलाई

२९ कात्तिक, नवलपरासी । नवलपरासीको मध्यविन्दु २ कोल्हुवामा सञ्चालन भएको राइनो संरक्षण गोल्ड कपको उपाधि विमल घर्ती मगरको च्यासल युथ क्लबले हात पारेको छ । नेपाल पुलिससँगको प्रतिस्प्रधात्मक खेलमा च्यासल ट्राइबेकरमा ५-३ गोल अन्तरले विजयी हुँदै उपाधि हात पारेको हो ।

विहीबार भएको फाइनल खेलमा नेपाल पुलिसका अभिषेक रिजालले पहिलो हाफको १० औं मिनेटमा गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाएको भएपनि च्यासलका विक्रम लिम्बुले त्यसको ३ मिनेटमै गोल फर्काएर खेललाई बराबरीमा लगेका थिए ।

पहिलो हापको २१ औं मिनेटमा च्यासल युथ क्लब र दोस्रो हापको २३ औं मिनेटमा नेपाल पुलिस क्लबले आत्मघाती गोल गरेका थिए ।

निर्धारित समयसम्म खेल बराबरीमा सकिएपछि १४ मिनेट समय थप गरिएको थियो । उक्त समयमा कुनै पनि टिमबाट गोल नभएपछि खेल ट्राइबेकरमा पुगेको थियो ।

ट्राइबेकरमा च्यासलले ५ र पुलिसको ३ गोल गरेको थियो । खेल अवधिभर नेपाल पुलिस क्लबका १ र च्यासल युथ क्लबले २ गरी ३ पहेंलो कार्ड पाएका थिए ।

प्रतियोगितामा एडिभिजन र विभागीय टिम गरी १२ टिमको सहभागिता रहेको थियो ।

प्रतियोगिताको उपाधि बिजेता च्यासलले ४ लाख ९९ हजार ५५५ रुपैयाँ र उपविजेता २ लाख ५५ हजार ५५५ रुपैयाँ नगद पुरस्कार पाएका छन् ।

फाइनलमा पुगेका २ टिमलाई म्याचमनी प्रतिखेलाडी १ लाखका दरले वितरण गरिएको खेल आयोजक संस्था नन्दभाउजु उपभोक्ता समितिका अध्यक्ष दोमनबहादुर भण्डारीले जानकारी दिए ।

एक सिंगे गैंडा संरक्षणका लागि गरिएको प्रतियोगिताको विजेता तथा उपविजेतालाई गण्डकी प्रदेश प्रमुख प्रतिपक्षी दलका नेता सांसद कृष्णचन्द्र नेपालीले वितरण गरेका थिए ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *