Uncategorized

यसपालिको ‘दुर्गा उत्सव’ कालिकास्थानकाे अमृतभोग कम्प्लेक्समा

२८ असोज, काठमाडौं । विगत ४१ वर्षदेखि काठमाडौंमा हुँदै आएको दुर्गा उत्सव यसपालि कालिकास्थान स्थित अमृत भोग कम्प्लेक्समा हुने भएको छ ।

‘श्री श्री सार्वजनिन् दुर्गा पूजा समिति’ले आयोजना गर्दै आएको दुर्गा उत्सव अमृतभोग कम्प्लेक्समा असोज २९ देखि कार्तिक ४ गतेसम्म चल्नेछ ।

उत्सवमा दुर्गा पूजा लगायत डान्डिया, गर्बा र धुनुची नाचका कार्यक्रमहरु पनि हुनेछन् । ‘

‘दुर्गा पूजाको उत्सवले हाम्रो परिवारमा छोरीको महत्वलाई झल्काउँछ’, पूजा समितिका अध्यक्ष गौतम देसाई भन्छन्, ‘पहिलेका वर्षहरुमा जस्तै यस वर्ष पनि अमृत भोगमा धेरै मानिसहरु दुर्गा पूजाको लागि आउनेछन् भन्ने हाम्रो विश्वास रहेको छ ।’

समितिले विस २०३५ देखि थापाथलीस्थित रोटरी क्लबको प्राङ्गणमा दुर्गा उत्सव आयोजना गर्दै आएको थियो ।

गतवर्ष पूजामा ५० हजार भन्दा धेरैको सहभागिता भएको आयोजकले जनाएको छ ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *