Uncategorized

फुलहमलाई हराउँदै लिभरपुल शीर्ष स्थानमा उक्लियो

काठमाडौं । फुलहमलाई हराउँदै लिभरपुल इंग्लिस पि्रमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ ।

आइतबार राति भएको खेलमा लिभरपुलले फुलहमलाई २-० गोल अन्तरले हराएको हो ।

घरेलु मैदान एन्फिल्डमा भएको खेलमा लिभरपुलले पहिलो हाफको अन्तिममा मोहम्मद सलाहको गोलबाट अग्रता लिएको थियो । दोस्रो हाफको सुरुमा नै जेराडन साकिरीले घरेलु टोलीको अग्रता दोब्बर बनाए ।

खेलमा लिभरपुलले केही राम्रा अवसर पाएको थियो तर, थप गोल भने गर्न सकेन ।

जितसँगै लिभरपुल केही समयका लागि भएपनि शीर्ष स्थानमा उक्लिएको छ । उसको १२ खेलबाट ३० अंक भएको छ ।

दोस्रो स्थानमा रहेको म्यानचेष्टर सिटीको २९ अंक छ । आइतबार राति हुने म्यानचेष्टर डर्बी जिते वा बराबरी खेलेमा सिटी फेरि शीर्ष स्थानमा उक्लनेछ ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *