Uncategorized

संगठनको मर्यादामा आँच पुर्‍याउने गतिविधि सैह्य हुँदैनः महानिरीक्षक खनाल

२० कात्तिक, मुस्ताङ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी संगठनभित्रको व्यावसायिक मर्यादामा आँच पुर्याउने गतिविधि सैह्य नहुने बताएका छन् ।

जिल्ला प्रहरी कार्यालय, मुस्ताङको जोमसोममा निर्मित भवन उदघाटन गर्दै महानिरीक्षक खनालले इमान्दारिताका साथ कार्यसम्पादन गर्न सम्पूर्ण प्रहरीहरुलाई निर्देशन दिएका हुन् ।

‘इमान्दार, निष्ठावान र व्यावसायिक प्रतिष्ठालाई ध्यान दिई जनताको मन जितेर समुदायसँग सहकार्य गरेर काम गनुपर्छ,’ उनले भने, ‘संगठनको व्यावसायिक मर्यादामा आँच पुर्याउने कार्य सैह्य हुँदैन ।’

जिल्ला समन्वय समितिका संयोजक छिरिङ ल्यामो गुरुङले जिल्लामा ट्राफिक प्रहरीको छुट्टै कार्यालय स्थापनाको माग गरे ।

मुस्ताङका प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले पाँच दशकपछि नयाँ पक्की भवन निर्माण भएकामा खुशी व्यक्त गरे ।

 

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *