Uncategorized

इन्टर मिलानका प्रशिक्षकले गरे मेस्सीको प्रशंसा

२० कात्तिक, काठमाडौं । बार्सिलोनाले मंगलबार राति सान सिरो भ्रमण गर्दैछ, जहाँ च्याम्पियन्स लिग अन्तरगत इन्टर मिलानसँग खेल्नेछ । इटालियन क्लबका प्रशिक्षक लुचानो स्पोलेटीले भने बार्सिलोनाका स्टार लिओनल मेस्सीको खुलेर प्रशंसा गरेका छन् ।

‘फुटबलर हुने सपना देखेका हरेक बच्चाले मेस्सीको टिर्सट लगाउन चाहन्छन्, उनले भने, ‘उनले अर्कै गतिमा खेल्छन् । उनी उकृष्ट छन्’

बार्सिलोनाको लगातार प्रशंसा गरेका उनले आफूहरुले सबैभन्दा कठिन विपक्षीसँग खेल्न लागेको बताए ।

बार्सिलोनाले आफ्नो घरेलु मैदान नाउक्याम्पमा भएको खेलमा इन्टर मिलानलाई हराएको छ । तर, आफ्नो घरेलु मैदान सान सिरोमा खेल्नु अघि सिरी ए मा जेनोआलाई ५–० ले हराउँदै इन्टर मिलानले बार्सिलोनालाई सन्देश दिइसकेको छ ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *