Uncategorized

१ सय रुपैयाँ जरीवाना बुझाउन नसक्दा जेल चलान ! – onlinedarpan:

[ad_1]


अछाम । मदिरा सेवन गरी बजारमा हो–हल्ला गरेको आरोपमा पक्राउ परेका मंगलसेन–७ का जड्फे जैसी जरीवानाबापतको १ सय रुपैयाँ बुझाउन नसक्दा जेल चलान भएका छन् । स्थानीय प्रशासन ऐन–२०२८ को दफा ९ (१) बमोजिम तिर्नुपर्ने १ सय रुपैयाँ तिर्न नसक्दा जैसी चार दिनका लागि जेल चलान भएका हुन् ।

जरीवानावापत जिल्ला प्रशासन कार्यालयले तोकेको १ सय रुपैयाँ बुझाउन नसक्दा उक्त जरीवानाबाट कट्टी हुनेगरी जेल भुक्तान गर्नुपर्ने अवस्था आएको अछाम प्रहरीले जानकारी दिएको छ ।

सोमबार बेलुकी करिब ८ः३० बजेतिर जैसीले उक्त नगरपालिका–६ को ठूलासेन बजार र घरमा गालीगलौज र होहल्ला गरेकाले नियन्त्रण लिएर कारबाही भएको डीएसपी शाहीको भनाइ छ ।


[ad_2]

Source link

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *