Uncategorized

कर प्रणाली र डिजिटल बैकिङ्गबारे बित्तीय साक्षरता बाँड्दै ग्लोबल आइएमई बैंक

५ मंसिर, काठमाडौं । ग्लोबल आइएमई बैंकले गोंगबु क्षेत्रमा क्रियाशिल होटल व्यवासायीहरुसँगको सहकार्यमा नेपालको कर प्रणाली तथा डिजिटल बैंकिङ्ग सम्बन्धी वित्तीय साक्षरता एंव अन्र्तक्रिया कार्यक्रमको आयोजना गरेको छ ।

गोगंबु क्षेत्रमा क्रियाशिल होटल तथा रेष्टुरेन्ट व्यवसायीहरुलाई नेपालको कर क्षेत्र र नेपालको डिजिटल बैंकिङ्ग क्षेत्रमा देखा परेका विभिन्न आयामहरुको बारेमा जानकारी गराउने उद्देश्यले साे कार्यक्रमको आयोजना गरिएकाे बैंकले जनाएको छ ।

कार्यक्रममा नेपालको कर क्षेत्रमा प्रशिक्षक तथा सल्लाहकारको रुपमा क्रियाशिल चार्टर्ड अकाउटेन्ट शेष मनि दाहालले नेपालको कर प्रणलीका विषयमा व्यवसायीहरुलाई जानकारी गराएका थिए ।

सोही विषयमा कार्यक्रममा उपस्थित होटल व्यवसायीहरुबीच केहिबेर अन्र्तक्रिया कार्यक्रम समेत संचालन भएको थियो ।

साथै सोहि कार्यक्रममा नेपालको डिजिटल बैंकिङ्ग क्षेत्रमा देखा परेका नयाँ नयाँ आयमहरुको बारेमा ग्लोबल आइएमई बैंकका सूचना प्रविधि विभाग प्रमुख अनिल जोशीले जानकारी दिएका थिए ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *