Uncategorized

ठगलाई कारबाही गर्न बनाएको ऐनले समस्याः अर्थमन्त्री

९ कात्तिक, काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले बैंकिङ कसुरले सोझासीधा सर्वसाधारणलाई समस्या परेको बताएका छन् । नेपाल क्लियरिङ हाउसले ल्याएको कनेक्ट आईपीएस प्रणालीको शुक्रबार उद्घाटन गर्दै अर्थमन्त्री खतिवडाले ठगलाई कारबाही गर्नका लागि बनाइएको कानूनले धेरै सोझासीधा सर्वसाधारण जनता झुक्किएर कारबाहीको भागेदार भएको बताएका हुन् ।

‘कतिपयले झुक्किएर चेकको मिति राखेर काट्ने गरेका कारण सजायको भागेदार बन्नु परेको छ’ उनले भने, ‘कानून ठगका लागि बनाइएको हो, तर झुक्किएर सोझा मान्छे यो कानूनको भागेदार बन्नु परेको छ ।’

अर्थमन्त्री खतिवडाले नगरदरहित कारोबारलाई प्राथमिकता दिनु पर्ने समेत बताए । धेरै वर्ष पहिले गाउँमा जाँदा झुत्रा नोटको समस्या जताततै देखिने गरेको र त्यो समस्या अहिले पनि रहेको भन्दै उनले प्रविधिको प्रयोग बढाउदै यस्ता समस्या समाधान गर्नु पर्नेमा जोड दिए ।

राजश्व बुझाउन अहिले पनि धेरै समस्या रहेको भन्दै क्लियरिङ हाउसले ल्याएको कनेक्ट आइपीएस प्रणालीले यसलाई ठूलो मद्दत पुग्ने धारणा राखे ।

क्लियरिङ हायसले ल्याएकेा नयाँ प्रविधिको स्वागत गर्दै नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवि नेपालले प्रविधिका हिसाबले मुलुक धेरै पछाडि रहेको र यसको प्रयोग बढाउनुपर्ने बताए ।

क्लियरिङ हाउसले ल्याएको उक्त प्रविधिले बैंक खातामार्फत मोवाइलबाटै सरकारी राजश्व तथा विभिन्न अनलाइन पेमेन्टहरु गर्न सकिने बताइएको छ ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *