Uncategorized

मुटुको चाल गडबड भयो ? त्यसो भए यसो गरौं

एउटा सामान्य व्यक्तिको मुटुको चाल (हार्ट विट)  प्रति मिनेट  ६० देखि एक सयको बीचमा हुनु पर्छ । केही विशेषज्ञहरु ५० देखि ७० लाई पनि सामान्य चाल मान्ने गर्छन् । तर मुटुको चाल सामान्य भन्दा बढी भएमा त्यो स्वास्थ्यका लागि हानीकारक हुनसक्छ, जसलाई चिकित्सकीय भाषामा ट्रेकिकार्डिया भनिन्छ । मुटु रोग तथा रक्तअल्पत्राको समस्याले पनि ट्रेकिकार्डिया निम्त्याउन सक्छ,  जुन आफैमा जटिल हो ।

किनकी शारीरिक श्रम, तनाव तथा एक्सरसाइजका कारण मात्र मानिसमा मुटुको चाल अधिक हुने गर्छ । अन्य समय यो सामान्य स्तरमा रहन्छ ।  र, मुटुको चाललाई मुटुको विद्यतीय तरंगले नियन्त्रित पार्ने गर्छ । तर जब मुटुले असामान्य तरंग उत्पादन गर्न थाल्छ, तब मानिसको मुटुको चाल असामान्य हुने गर्छ । र, असामान्य मुटुको चाल भएमा हृदयाघात, स्ट्रोक लगायतका समस्या निम्तिन सक्छ ।   त्यसैले, यदी कसैले यस किसिमको समस्या भोगिरहनु भएको छ भने  कम्तीमा एक पटक चिकित्सकलाई अवश्य देखाउनु पर्छ ।

अन्यथा, तल उल्लेखित उपाय अपनाएर प्रारम्भिक उपचार सुरु गर्नु पर्छ ।

भलसल्भा मेन्युभर

भलसल्भा मेन्युभर एक प्रकारको सास फेर्ने तरीका हो ।  जसले मुटुको धडकनमा तिव्र गतिमा बदलाव ल्याउँछ । यसको लागि मुखलाई बन्द गरेर हातले नाकलाई बन्द गर्नु पर्छ । अब बलुन फुके झै सासलाई बाहिरतर्फ फाल्नुपर्छ । यो विधि अपनाउदाँ पेटलाई केही खुम्च्याउनु पर्छ । र , पेटलाई हल्का प्रेशर दिनुपर्छ । अब यो विधि दश देखि पन्ध्र सेकेण्ड अपनाउनु पर्छ ।

चिसो पानीमा मुख डुबाउने

यो विधि प्रभावकारी छ किनकी यसले योनी तन्त्रिकालाई उत्तेजित बनाई हृदयको गति नियन्त्रण गर्न सघाउ पुर्‍याउँछ । त्यसैले, लाग्छ कि मुटुको धडकन बढी रहेको छ भने चिसो पानी मुखमा छर्कनुस् । अन्यथा चिसो पानी भरिएको एउटा ठूलो भाडोमा  मुख डुबाउनुस् ।

निहुरिने

यो विधि भलसल्भा मेन्युभर भन्दा खासै फरक छैन । यसमा दुई चरण छन् । पेटको मांसपेशी खुम्च्याउने र पेटमा समस्या भएजसरी जिउलाई बेस्सरी कस्ने ।

क्यारोटिड साइनस मसाज

क्यारोटिड साइनस मसाजले पनि हृदयलाई आराम दिलाउँछ । क्यारोटिन साइन नामक नशा घाँटी हुँदै मुटुतिर जान्छ । हातका औलाद्धारा यस नशामा हल्का मसाज गर्नाले मुटुको गति स्थिति हुन्छ र मुटुको धडकन नियन्त्रित हुन्छ ।

बरफ पानी खाने

एक अध्ययन अनुसार मुटको धड्कनलाई नियन्त्रित गर्ने यो एक प्रकारको प्रभावकारी उपाय हो । बरफ पानीको सेवन गरेर पनि मुटुको धडकनलाई नियन्त्रणमा राख्न सकिन्छ । उदाहरणको लागि, जब एउटा व्यक्तिले बरफयुक्त पानीको सेवन गर्छ, यसले योनी तन्त्रिकालाई उत्तेजित पार्छ र मुटुको धडकनलाई कम गर्दै लैजान्छ ।

लामो लामो सास फेर्ने

लामो लामो सास फेरेर पनि मुटुको गतिलाई नियन्त्रित गर्न सकिन्छ । यसको लागि केहीबेर सासलाई पाँच सम्म गन्नु पर्छ त्यसपछि विस्तारै सास तान्ने र छोड्ने गर्नु पर्छ । अब यो प्रकृयालाई केही पटक पुन दोहर्‍याउनुपर्छ ।

औषधीको सेवन

प्रत्येक रोगमा बेग्ला बेग्लै किसिमको उपचारको आवश्यकता पर्छ । त्यसै अनुरुप औषधी सेवन गर्नुपर्छ । त्यसैले, माथि उल्लेखित कुनै पनि उपायले काम गरेको छैन भने, तुरुन्तै नजिकैको चिकित्सकलाई सम्पर्क गरे औषधीको सेवन गर्नु पर्छ । आजकल बजारमा यस्ता थुप्रै औषधी उपलब्ध छन्, जसले मुटुको चाललाई क्षणभरमै नियन्त्रित गर्न मद्दत गर्छ ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *