Uncategorized

बीपीएलमा सन्दीप र डेभिड वार्नर एउटै टिममा

९ कात्तिक, काठमाडौं । अष्ट्रेलियाका डेभिड वार्नरले बंगलादेश प्रिमियर लिग (बीपीएल) खेल्ने भएका छन् ।

उनी सिलेट सिक्सरमा आवद्ध भएका हुन्, जुन टिममा नेपालका १८ वर्षीय सन्दीप लामिछाने पनि छन् । दुई खेलाडीले सिधै अनुबन्धन गर्न सक्ने प्रावधानअनुसार सिलेट सिक्सरले सन्दीप र वार्नरलाई लिएको हो ।

बल टेम्परिङ प्रकरणमा एक वर्षे प्रतिबन्ध लागेपछि वार्नरले आईपीएल समेत गुमाएका थिए । तर, खेललाई निरन्तरता दिएका उनले क्यारेवियन प्रिमियर लिग खेले ।

क्यानडामा ग्लोबल टी-२० समेत खेलेका वार्नरले अब बंगलादेश प्रिमियर लिग खेल्नेछन् ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *