Uncategorized

रोल्पाको घर्तिगाँउमा ग्लोबल आइएमई बैंकको एक्सटेन्सन काउण्टर

२८ असोज, काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आइतबारदेखि रोल्पा जिल्लाको माडी गाँउपालिका वडा नं २, घर्तिगाँउमा एक्सटेन्सन काउण्टर सुरु गरेको छ ।

माडी गाँउपालिकामा सेवाग्राहीको बढ्दो चाप र स्थानियबासीको बिस्तारित बैंकिङ्ग सेवाको आवश्यकतालाई मध्यनजर गर्दैसम्पूर्ण बैंकिङ्ग सेवा प्रदान गर्ने गरि एक्सटेन्सन काउण्टर सुरु गरिएको बैंकले जनाएको छ ।

साथै बैंकले आइतबारबाट काठमाडौंको ठमेलका थप एउटा एटिएम सेवा विस्तार गरेको छ । विस्तारित एटिएम सेवासँगै बैंकको एटिएम संख्या १४० पुगेको छ ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *