Uncategorized

प्रधानमन्त्रीज्यू, मन्त्रीमाथि डण्डा चलाउन थाल्नुस् : माधव नेपाल

२८ असोज, काभ्रे । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले मन्त्रीहरुको काम कारबाहीप्रति असन्तुष्टि जनाएका छन् । मन्त्रीहरुलाई डण्डा चलाउन प्रधानमन्त्रीले ढिला गर्न नहुने उनले बताए ।

मण्डनदेउपुर नगरपालिकाले सुरु गरेको नगर बस सेवाको उद्घाटन गर्दै नेता नेपालले सरकारले लिएको योजनालाई सार्थकता दिन मन्त्रीहरुमा करेक्सन जरुरी रहेको बताए । उनले भने, ‘अब ढिला भइसक्यो, मन्त्रीबाट नै डण्डा चलाउन थाल्नुस्, तलसम्म चल्ने गरी चलाउनुस्, प्रधानमन्त्रीज्यू ।’

दुई तिहाइको समर्थन प्राप्त सरकारको सपना पुरा गर्ने हो भने सबैलाई परिचालन गर्नुपर्ने उनले बताए ।

मण्डनदेउपुर नगरपालिकाले ६ वटा नगरबस सञ्चालनमा आएको छ । स्थानीय हेलम्बु यातायात समितिसँग सहकार्य गरी पर्यटकीय स्थल नगरकोटबाट दोलालघाटसम्म बसल सेवा सुरु गरिएको हो ।

स्थानीय सरकारको अनुभूति हुने गरी नगरबस सञ्चालनमा ल्याइएको नगर प्रमुख टोकबहादुर वाइवाले बताए ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *