Uncategorized

रियल मड्रिड अलाभेससँग पनि पराजित

२१ असोज, काठमाडौं । रियल मड्रिड स्पेनिस ला लिगा लिग फुटबलमा अलाभेससँग पराजित भएको छ ।

शनिबार राति आफ्नै घरेलु मैदानमा अलाभेसले रियल मड्रिडलाई १-० गोलले पराजित गरेको हो । अलाभेसको जितमा मनु ग्रासियाले गोल गरेका थिए ।

पहिलो हाफसम्म दुवै टिमले गोलरहित बराबरी खेलेका थिए । तर दोस्रो हाफको अन्तिम समयमा रियल मडि्रड अलाभेससँग चुक्यो । अतिरिक्त समयमा ग्रासियाले गोल गर्दै अलाभेसलाई रोमाञ्चक जित दिलाएका हुन् ।

स्पेनिस ला लिगा लिगमा शनिबार राति नै भएका अन्य खेलमा लेगानेसले रियल भालेकानोलाई १-० गोलले पराजित गर्दा लेभान्टेले गेटाफेलाई पनि १-० गोलले नै पराजित गरेका छन् । त्यस्तै, इबरले जिरोनालाई ३-२ गोलले हराएको छ ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *