Uncategorized

बलत्कार आरोपबारे रोनाल्डोका वकिलको दाबीः सार्वजनिक कागजात नक्कली

२५ असाेज, काठमाडौं । पोर्चुगिज फुटबलर क्रिष्टियानो रोनाल्डोमाथि बलात्कारको आरोप लगाउँदै सार्वजनिक गरिएका सबै कागजात नक्कली भएको उनका वकिलले दाबी गरेका छन् ।

३३ वर्षीय रोनाल्डोले आफूमाथि बलात्कार गरेको आरोप अमेरिकाकी क्याथरिन मायोर्गाले लगाउँदै आएकी छिन् । क्याथरिनकाअनुसार २००९ मा लस भेगासस्थित एक होटलमा यो घटना भएको थियो । त्यसबेला घटना गुपचुप राख्ने शर्तमा रोनाल्डोले ३ लाख ७५ हजार डलरसमेत दिएको पुष्टि हुने डकुमेन्ट सार्वजनिक भएको छ ।

वकिल पिटर क्रिस्टिन्सनले भने रोनाल्डोमाथि लागेका सबै आरोप अस्वीकार गरेका छन् । यसअघि रोनाल्डोले यसलाई ‘फेक न्यूज’ भनेका थिए ।

रोनाल्डोका वकिल क्रिस्टिन्सनले क्याथरिनसँग सहमति भएको स्वीकार गरेका छन् तर, सहमतिपत्रलाई तोडमोड गरेर ल्याइएको र महत्वपूर्ण अंश नै परिर्वतन भएको दाबी गरेका छन् । कथित सहमतिपत्र सार्वजनिक गर्ने एक साप्ताहिक पत्रिकाविरुद्ध कानूनी प्रक्रियामा जाने समेत उनले चेतावनी दिए ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *