Uncategorized

किष्ट बैंकका तत्कालीन प्रबन्ध सञ्चालक ज्ञवाली भारतबाट पक्राउ

१९ असोज, काठमाडौं । किष्ट बैंकका तत्कालीन प्रबन्ध सञ्चालक कमल ज्ञवाली पक्राउ परेका छन् ।

महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले उनलाई भारतबाट पक्रेको हो ।

प्रहरी स्रोतले उनी भारतबाट पक्राउ गरेको पुष्टि गरे पनि विस्तृत जानकारी भने दिएको छैन ।

६ करोड सम्पत्ति धितो राखेर ३ गुणा बढी कर्जा प्रवाह गरेको अभियोगमा उनको समूहमाथि प्रहरीले अनुसन्धान थाले लगत्तै ज्ञवाली फरार भएका थिए ।

०७३ जेठमा उच्च अदालत पाटनले उनीमाथि ४ वर्ष कैद र १५ करोड जरिवाना गर्ने फैसला गरेको थियो ।

यो पनि पढ्नुहोस्
कमल ज्ञवालीः जसरी उदाए, उसैगरी अस्ताए

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *