Uncategorized

ग्लोबल आइएमई बैंकद्वारा रसुवाको गोसाँईकुण्ड माविलाई ५ थान कम्प्युटर हस्तान्तरण

१८ असोज, काठमाडौं । ग्लोबल आइएमई बैंकले रसुवा जिल्लाको नवकुण्ड गाउँपालिका-६ स्थित गोसाँईकुण्ड माध्यमिक विद्यालयलाई ५ थान कम्प्युटर सहयोग गरेको छ ।  बिहिबार आयोजित एक कार्यक्रमका बचि बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले गोसाँईकुण्ड माध्यमिक विद्यालयका प्रधानाध्यापक गुणराज पौडेललाई ५ थान कम्प्युटर हस्तान्तरण गरे ।

शैक्षिक स्तरोन्नतिका साथै विद्यार्थीहरुमा कम्प्युटरको पहुँच पुगोस भन्ने उद्देश्यका साथ बैंकले कम्प्युटरहरु सहयोग स्वरुप हस्तान्तरण गरेको कार्यकारी अधिकृत पौड्यालले बताए । स्थापनाकाल देखि नै आफ्नो सामाजिक उत्तर दायित्वलाई प्राथमिकतामा राखेर विभिन्न क्षेत्रमा सहयोग पुर्‍याउँदै आएको बैंक बताउँछ ।

बैंकले विभिन्न समयमा मुलुकमा आईपर्ने प्राकृतिक विपत्तिहरु बाढी, पहिरो, भुँईचालो लगायतका अन्य विपतको समयमा सहयोग गर्दै आएको र यस्ता अन्य सामाजिक कार्यहरुमा पनि निरन्तर अग्रसर हुने जारी विज्ञप्तिमा उल्लेख छ ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *