Uncategorized

दोस्रो प्लाष्टिक प्रदर्शनी ‘प्लाष्ट नेपाल २०१८’ शुक्रबारबाट

१८ असोज, काठमाडौं । प्लाष्ट नेपाल फाउण्डेशनले आगामी असोज १९, २० र २१ गते काठमाडौँको भृकुटी मण्डपमा दोस्रो संस्करणको ‘प्लाष्ट नेपाल २०१८’ नामक प्लाष्टिक प्रदर्शनीको आयोजना गर्ने भएको छ ।

भोलि शुक्रबारबाट हुने प्लाष्टिक प्रदर्शनीमा अन्तर्राष्ट्रिय स्तरबाट कुल १२५ प्रदर्शक तथा प्रतिनिधिहरुको सहभागिता रहने र त्यसमध्ये ५० प्रतिशत भन्दा बढी प्रदर्शक भारतबाट आउने कम्पनीले जनाएको छ ।

‘प्लाष्टिकलाई चिनौं’ भन्ने मूल नाराका साथ आयोजना गरिन लागिएको यस प्रदर्शनीमा राखिने विभिन्न स्टलहरुमार्फत उपभोक्ताले स्वदेशी उत्पादनको जानकारी पाउनेछन् भने उद्योगी व्यवसायीहरुले नवीन प्रविधि तथा कच्चा पदार्थका सम्बन्धका विषयमा विविध जानकारी पाउनेछन् ।

नेपालमा प्लाष्टिक उद्योग व्यवसायको प्रवर्द्धनसँगै उपभोक्ताहरुलाई गुणस्तरीय तथा सुलभ तरिकाले प्लाष्टिकजन्य वस्तुहरु उपलव्ध गराउन यस मेलाको सकारात्मक भूमिका रहने अपेक्षा कम्पनीको छ ।

यस प्रदर्शनी आयोजना गरिरहेको प्लास्ट नेपाल फाउण्डेशन प्लास्टिकबारे जनचेतना फैलाउन निरन्तर रुपमा सक्रिय संगठन हो ।

कम्पनीका अनुसार संगठनको मूल कार्य सिद्धान्त थ्री आर मा आधारित छ- Reduce (न्यूनीकरण), Re-use (पुनः प्रयोग) र Recycle (पुनर्नवीकरण) । यसअघि पनि प्लास्ट नेपालले विभिन्न विद्यालय स्तरको जनचेतना कार्यक्रमहरु सफलतापूर्व आयोजना गरेको थियो ।

यसअघि प्लाष्ट नेपालले ०७१ को कार्तिकमा आˆनो पहिलो संस्करणको प्रदर्शनीको सफलतापूर्वक आयोजना भएको कम्पनी बताउँछ ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *