Uncategorized

सांग्रीला डेभलपमेन्ट बैंकका नयाँ कर्मचारीलार्इ १० दिने तालिम

१७ असोज, काठमाडौं । सांग्रीला डेभलपमेन्ट बैंकले यहि असोज ७ गते देखि १६ गते सम्म नवनियुक्त कर्मचारीहरुलाई १० दिने अभिमुखीकरण तथा बैंकिङ्ग तालिम दिएको छ ।

नवनियुक्त कर्मचारीहरुलाई बैंक सम्बन्धि कामहरु तथा नीति नियमको बारेमा जानकारी दिने, सिकाउने तथा सामाजीकरण गराउने उद्देश्यले तालीम दिइएकोे बैंकले जनाएको छ । बैंकका अनुसार तालिममा नवनियुक्त ७६ जना कर्मचारी सहभागी भएका थिए ।

१० दिने तालिमको समापना समारोहमा बोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले यस किसिमको तालिमले नवनियुक्त कर्मचारीहरुलाई हौसला प्रदान गर्ने बताए ।

यस किसिमका तालिमले कर्मचारीको सीप विकास तथा आत्मविश्वास बढ्ने भएकाले आउँदा दिनमा पनि यसलाई निरन्तरता दिने उनले बताए ।

कार्यक्रममा सहभागी कर्मचारीहरुले उक्त तालिमबाट काम गर्ने हौसला मिलेको र सबैसँग घुलमिल हुन पनि सघाउ पुगेको बताए ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *