काठमाडौं । युभेन्टसका स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डो बलात्कारको आरोप ठाडै अस्वीकार गरेका छन् ।
एक अमेरिकी महिलाले हालै मात्र रोनाल्डोमाथि आफूलाई २००९ मा बलात्कार गरेको दाबी गरेकी हुन् । रोनाल्डोले इन्टाग्राममा पोष्ट गरिएको भिडियो भनिएको छ, ‘उनीहरु मेरो नाम प्रयोग गरेर आफूलाई अगाडि बढाउन चाहन्छन् । यो सामान्य हो ।’
रोनाल्डोका वकिलले भने बलात्कारको आरोप छाप्ने जर्मन पत्रिकाविरुद्ध मुद्दा हाल्ने बताएका छन् ।
पत्रिकाको समाचारमा रोनाल्डोले २००९ मा लसभेगसको एक होटलमा आफूलाई बलात्कार गरेको अमेरिकी महिलाको दाबी उल्लेख छ । ३४ वर्षीय महिलाले प्रहरीमा उजुरी समेत दिएकी छन् । २०१० मा ३ लाख ७५ हजार डलरमा सहमति भएको थियो ।



