Banner News

अख्तियार प्रमुखमा सिफारिस घिमिरेको सुनुवाई बिहिबार हुने

असोज २, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा सिफारिस नविनकुमार घिमिरेको संसदीय सुनुवाई बिहिबार (पर्सी) हुने भएको छ ।

संसदीय सुनुवाई विशेष समितिको मंगलबार बसेको बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा सिफारिस घिमिरेको सुनुवाई बिहिबार अपरान्ह १ बजे गर्ने निर्णय गरेको हो । प्रमुख आयुक्तमा सिफारिस घिमिरेको सुनुवाई बिहिबार गर्ने निर्णय गरिएको समितिका जेष्ठ सदस्य लक्ष्मणलाल कर्णले जानकारी दिए ।

संवैधानिक परिषदको गत भदौं २० गते बसेको बैठकले कार्यबहाक प्रमुख आयुक्त घिमिरेलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा सिफारिस गरेको थियो ।

संसदीय सुनुवाई विशेष समितिले अनुमोदन गरेपछि अख्तियारको प्रमुख आयुक्तमा राष्ट्रपतिले नियुक्ति गर्ने संवैधानिक व्यवस्था रहेको छ ।

२०७१ सालमा आयुक्त नियुक्त हुनुभएका घिमिरेले २०७४ साल माघ २९ गतेदेखि अख्तियारको कार्यबहाक प्रमुख आयुक्तको जिम्मेवारी सम्हाल्दै आएका छन् ।

Source link

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *