काठमाडौं– सरकारले आगामी मार्चमा अन्तर्राष्ट्रिय लगानी सम्मेलन गर्ने भएको छ । नेपालमा विदेशी लगानी आकर्षित गर्ने उद्देश्यका साथ लगानी बोर्डले सो सम्मेलन गर्न लागेको हो । मंगलबार अबेर सम्पन्न बोर्डको ३२ औं बैठकले नेपालमा लगानी भित्र्याउने उद्देश्यका साथ मार्चमा अन्तराष्ट्रिय लगानी सम्मेलन आयोजना गर्न लागिएको बोर्डका सिईओ महाप्रसाद अधिकारीले जानकारी दिए । उनका अनुसार यसबाहेक अन्य तीन महत्वपूर्ण निर्णय पनि बैठकले गरेको छ । जसअनुसार पश्चिम सेतीमा चाइनाको थ्री गर्
सम्बन्धित समाचार
किन पिउने कालो चिया ? यस्ता छन् फाइदा
स्वास्थ्यलाई ध्यान दिने हो भने दूध चिया भन्दा कालोचिया धेरै हदसम्म स्वास्थ्यका लागि फाइदाजनक हुने देखिएको छ । हाम्रोमा भेटघाट, कुराकानीमा मात्र होइन, चिया जीवनशैली नै बनेको छ । कालो चियाले शरीरलाई स्वस्थ राख्नेदेखि क्यान्सरजस्ता प्राणघातक रोगबाट समेत जोगाउन मद्दत गर्दछ । यहाँ कालो चियाका केही फाइदाहरुबारे चर्चा गरिनेछ । तौल व्यवस्थापन कालो चियामा एन्टिअक्सिडेन्ट्स […]
जोशीविरुद्ध महाभियोग प्रस्ताव दर्ताको तयारी, सुरु भयो हस्ताक्षर संकलन
काठमाडौं–सत्तारुढ नेकपाका सांसदहरुले सर्वोच्च अदालतका न्यायाधीश दीपकराज जोशीविरुद्ध महाअभियोग लगाउन हस्ताक्षर संकलन सुरु गरेका छन् । नेकपाका प्रमुख सचेतक देवप्रसाद गुरुङको सक्रियतामा सांसदहरुको हस्ताक्षर संकलन सुरु गरिएको हो ।यसअघि जोशीले नेकपाका नेताहरुसँग सर्वोच्च्मा केही दिन फर्केर काम गर्ने अनि राजीनामा दिने सहमति गरेको बताइएको थियो । तर, जोशी सहमति विपरीत गएपछि पार्टीभित्र जोशीमाथि महाअभियोग लगाउनुपर्ने माग […]
क्यानडाले आङ सान सुकीलाई दिइएको मानार्थ नागरिकता खोस्यो
एजेन्सी– क्यानडाको संसदले म्यानमारको नेता आङ सान सुकीलाई दिइएको नागरिकता फिर्ता लिने सम्बन्धी प्रस्तावलाई सर्वसम्मतिले पारित गरेको छ । म्यानमारमा चलिरहेको रोहिंग्या संकटको पृष्ठभूमिमा यो कदम उठाइएको हो । नोबेल शान्ति पुरस्कारबाट सम्मानित आङ सान सुकीलाई क्यानडाको संसदले सन् २००७ मा मानार्थ नागरिकता दिइएको थियो । अल्पसंख्यक रोहिंग्या मुस्लिम समुदायबिरुद्ध म्यानमारको सेनाले गरेको अत्याचारमा मौनता साधेको […]


