Banner News

सन्तोषलाई विना शर्त रिहाई नगरे कडा प्रतिवाद गर्ने नेकपाको चेतावनी

असोज १, दाङ । नेपाल कम्युनिष्ट पार्टीका रोल्पा जिल्ला सेक्रेटरी सन्तोष सुवेदी प्रयास पक्राउ परेका छन् । रोल्पा नगरपालिका लिवाङबाट सुवेदी पक्राउ परेका हुन् ।

शान्तिपूर्ण जनसभामा भइरहेको जनसभाबाट आफ्ना रोल्पा सेक्रेटरीलाई पक्राउ गरेको भन्दै नेकपाले विरोध जनाएको छ । शान्तिपूर्ण रुपमा आमसभाबाट प्रहरीले विनाकारण आफ्ना नेतालाई गिरफ्तार गरेको भन्दै पार्टीका राप्ती ब्यूरो ईञ्चार्ज सुवासले बिज्ञप्तिमार्फत् आपत्ती प्रकट गरेका छन् ।

पार्टीको संगठन सुदृढीकरण तथा बिस्तार अभियान देशभरि चलिरहेको बेला आफ्ना नेताको गिरफ्तार गरिनुले आफूहरुलाई गम्भीर बनाएको सुवासद्वारा प्रेषित विज्ञप्तिमा जनाइएको छ ।

प्रहरी प्रशासनबाट अपहरणको शैलीमा गरिएको गिरफ्तारीकोे कडा शब्दमा निन्दा एवं भत्सर्ना गर्दै अभिलम्व विना शर्त रिहा गर्न उनले जोडदार माग समेत गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘सरकारको गिरफ्तार र धरपकडले अभियान नरोकिने बरु तिब्रतम तरिकाले अगाडि बढ्छ । गिरफ्तार कमरेडलाई विना सर्त रिहा नगरे पार्टी चरणबद्ध संघर्षमा जान बाध्य हुनेछ ।’

Source link

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *