समाचार

एक लाख घुससहित शिक्षाका दुई इन्जिनियर समातिए

पोखरा, २३ चैत। जिल्ला शिक्षा कार्यालय कास्कीका दुई इन्जिनियर एक लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

विद्यालय भवन निर्माण सकेर बिल भुक्तानी दिने क्रममा घुस मागेको उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय पोखराले उनीहरुलाई प्रक्राउ गरेको हो ।

पक्राउ पर्नेमा इन्जिनियर प्रदीपकुमार बानियाँ र सब-इन्जिनियर छबिन्ऽविक्रम खाँड छन् । मादी गाउँपालिका-८ स्थित नारायण आधारभूत विद्यालयको भवन निर्माणको बिल फर्छ्यौटमा १ लाख रुपैयाँको घुस लिँदै गर्दा पोखरा चिप्लेढुंगाको एक रेस्टुरेन्टबाट उनीहरु पक्राउ परेका हुन् ।

‘विद्यालयको भवन निर्माण सम्पन्न भइसकेपछि भुक्तानी दिने क्रममा उनीहरुले घुस मागेका रहेछन्,’ आयोगका सूचना अधिकारी रमेश ढकालले भने ।

उजुरीकै आधारमा चिप्लेढुंगाको एक रेस्टुरेन्टबाट उनीहरुलाई रंगेहात पक्राउ गरी अनुसन्धान थालिएको छ ।

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist From Bhaktapur
http://www.purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *