खेलकुद समाचार

दसौं राष्ट्रपति रनिङ शिल्ड तथा विद्यालय खेलकुद प्रतियोगिता शुक्रबारबाट सुरु

भक्तपुर, २३ चैत । भक्तपुरमा आजबाट दसौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता  शुरु भएको छ ।  स्वाथ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद  भन्ने नाराका साथ जिल्ला खेलकुद विकास समिति भक्तपुरद्वारा आयोजित अन्तर विद्यालय निर्वाचन क्षेत्र / जिल्ला स्तरीय दसौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता जगातेस्थित खोप्रिंग स्कुलको खेल मैदानमा शुक्रबारबाट प्रतियोगिता शुरु भएको हो ।

प्रत्योगिताको उद्धघाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी द्रोणप्रसाद पोखरेलले खेलकुदको माध्यमबाटनै राष्ट्रिय एकता हुने र अन्तराष्ट्रियस्तरमा समेत नेपालको चिनारी बढाउने यस्ता प्रतियोगीता खेल क्षेत्रको विकासका लागि र स्थानीय स्तरका खेलाडी उत्पादन गर्ने थालेको बताउँदै जिल्लामा सम्पन्न हुने यस्ता खेलाहरुलाई नियमसंगत र विवादरहित तबरबाट सम्पन्न गराउन समेत जोड दिए ।

जिल्ला खेलकुद विकास समीतीका अध्यक्ष दिलिप केसीले जिल्लामा खेलकुद क्षेत्रको विकासको लागि खेलकुद मैदानको व्यवस्थापन गराउनको लागि योजनाका साथ खेलकुद विकास समिति अगाडि बढेको बताए ।

कार्यक्रममा स्वागत मन्तब्य राख्दै जिल्ला खेलकुद विकास समिति भक्तपुरका उपाध्यक्ष श्याम बस्नेतले खेलकुदको माध्यमबाटनै स्वस्थ्य हुनुको साथै राष्ट्रको  चिनारी गराउनको लागि समेत खेल र खेलाडीले  ठूलो भूमिका निर्वाह गरेको र विद्यालय स्तीरय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताबाट  बालबालिकामा भएको क्षमताको प्रस्फुटन  हुने  बताए ।

प्रतियोगितामा विभिन्न ६ इभेन्टका खेलहरु हुने आयोजकले जनाएको छ । जसमा एथलेटिक्स भलिवल, कवड्डी , तेक्वान्दो,उसु  ,कवार्दी खेलको प्रत्योगिता गराईने जिल्ला खेलकुद विकास समीतीले जनाएको छ । जसका लागि क्षेत्र नं १ र २ का छनोटमा परेका २८ विद्यालयले प्रतिस्पर्धा गर्नेछन् । छनोट खेलका लागि क्षेत्र नं १ र क्षेत्र नं २ का  गरी ५०० भन्दा बढी  खेलाडीले  सहभागीता जनाएका थिए ।

खेलमा प्रथम स्थान हासिल गर्ने विद्यालयले  ५० हजार नगद सहित रनिङ शिल्ड मेडल,र प्रमाणपत्र, द्धितिय हुनेले २५ हजार नगद,मेडल र प्रंमाण पत्र र तृतीयले हुनेले मेडल र प्रमाणपत्र पाउने छन ।

समितिका कोषाध्यक्ष ईश्वर खड्काको  संचालनमा सम्पन्न भएको उद्घाटन कार्यक्रममा  कार्यक्रममा स्थानीय राजदैतिक दलका प्रतिनिधिहरु लगायतका खेलप्रेमी, खेलाडी लगायतको सहभागीता रहेको थियो

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist From Bhaktapur
http://www.purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *