कला साहित्य समाचार

मुडुला कार्कीहरुको साझा वंशावली विमोचन

सिन्धुली, सर्लाही, महोतरी,धनुषा,रौतहट,रामेछाप र उदयपुर जिल्लाका विभिन्न स्थानमा बसोवास गर्ने मुडुला कार्कीहरुको साझा वंशावली सन्तान प्रकाशन भै एक समारोहका बीच विमोचन गरिएको छ ।
मुडुलाकार्की कुलायन व्यवस्था समिति नेपाल मध्यमान्चल क्षेत्रीय समिति हरिवन सर्लाहीका कार्यवाहक अध्यक्ष चित्रबहादुर कार्कीको सभापतित्वमा संचालित सो कार्यक्रममा सो सस्थाका केन्द्रीय अध्यक्ष कैलाश कार्की र पुर्व महान्यायाधीवक्ता बद्रिबहादुर कार्कीले संयुक्त रुपमा सन्तान वंशावलीको विमोचन गर्नु भएको थियो ।
सो अवसरमा वंशावली प्रकाशनमा महत्वपूुर्ण योगदान पुर्याउनु हुने धनुषाका चित्रबहादुर कार्की,सर्लाहीका रामबहादुर कार्की र सन्तानका सम्पादक शंकर कार्कीलाई सम्मान पत्र प्रदान गरिएको थियो ।
कार्यक्रममा मुडुलाकार्की कुलायन व्यवस्था समिति नेपाल केन्द्रीय समितिका सचिव रुद्रबहादुर कार्की,सदस्य शेरबहादुर कार्की,बर्दिबास नगरपालिकाका प्रमुख विदुर कुमार कार्की,मिथिला नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामकुमार कार्कीको समेत सहभागिता रहेको थियो ।
मुडुलाकार्की कुलायन व्यवस्था समिति नेपाल मध्यमान्चल क्षेत्रीय समितिले बिक्री वितरण गर्ने सन्न्तान वंशावलीमा सो क्षेत्रका करिव दुई हजार घर परिवारको विवरण र वंशावली समेटिएको छ ।

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist From Bhaktapur
http://www.purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *