Banner News

काठमाडौंमै कुहिएका फलफूलको जुस यसरी बनाएर बेचिन्छ

असोज ३०, काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चाडपर्वका अवसरमा पनि बजार अनुगमनलाई निरन्तरता दिएको छ । विभागले मंगलबार फूलपातीका दिन काठमाडौं उपत्यकामा २ टोली परिचालन गरेर अनुगमनलाई निरन्तरता दिएको महानिर्देशक योगेन्द्र गौचनले जानकारी दिए । विभागबाट शाखा अधिकृतको नेतृत्वमा खटिएको सो टोलीले नयाँ सडक क्षेत्रका होटल, रेस्टुराँ र कलंकीस्थित खसी बजारको अनुगमन […]

Banner News

रुकुममा बस दुर्घटना हुँदा ९ बर्षीय बालकको मृत्यु, दुई घाइते

असोज ३०, रूकुम पश्चिम । रुकुम पश्चिमको मुसीकोट नगरपालिका १ सल्लेमा बस दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ । सल्लेबाट धुनका लागि मुलखोला आउँदै गरेको बा ३ ख ७४६१ नम्बरको बस दुर्घटना हुँदा सल्लेका ९ वर्षीय प्रयास बिसीको मृत्यु भएको हो। बिसीको उपचारको क्रममा जिल्ला अस्पताल सल्लेमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले […]

Banner News

सल्यानमा जिप दुर्घटना हुँदा ४ जना घाइते (नामसहित)

असोज ३०, सल्यान । सल्यानमा जिप दुर्घटना हुदा ४ जना घाइते बनेका छन । कुमाख ५ नेटाबजारबाट श्रीनगरका लागि छुटेको लु१ ज ३०२१ नम्बरको जिप विहान ७ बजे चाख्लिघाट नजिकै दुर्घटना भएको हो । सिद्द्कुमाख गाउँपालिका वडान २ चाख्लीघाट नजिकै दुर्घटनामा हुदा चालक सहित यात्रुहरू पनि घाइते भएको सल्यान रुकुम यातायात ब्यवसायी समितिले जनाएको छ […]

Banner News

घुस्याहा कर्मचारीले भरियो अख्तियारको हिरासत

असोज ३०, काठमाडौं । घुससहित समातिएका र विभिन्न अनियमितताको आरोपमा पक्राउ परेका प्रहरी तथा कर्मचारीले अहिले अख्तियारको हिरासत नै भरिएको समाचार आजको नयाँ पत्रिका दैनिकमा छापिएको छ । पछिल्लो समय हरेका दिनजसो कर्मचारीहरु घुससहित पक्राउ परिरहेका छन् । कतिपय त दशैँको विदामा अदालत बन्द भइसकेपछि पनि पक्राउ परेका छन् । आइतबार एक उपसचिव, एक इन्सपेक्टर […]

Banner News

हाँसेको तस्वीरमा मन रोएको परदेशीको दशैं सन्देश

परेदेशमा छु । तर पनि आफ्नो गाउघर, आफ्नो मातृभुमी, आफ्नो चाडवाडलाई माया मार्न पटक्कै सकेको छैन । आफ्नै देशमा दस नङ्ग्रा खियाएर स्वाभिमानी बन्छु भनियो सकिएन । जे जति दुःख गर्दा पनि दुःखबाट सुखमा परिवर्तन भएन । न रहरको पोको फुक्यो न सपनाको । नत्र को हिंड्छ काखको सन्तान र तीन बीस उमेर कटेका बाआमा […]

Banner News

हड्डी

यो हड्डीलाई किरात कालमा बत्तिस पुस्ताका राजाले बेस्सरी चुसे तेतिबेला जनता आधापेट सुते मगधबाट आएका लिच्छवीले छ सय तीस वर्ष धारिला दाँतमुखले किरातहरूबाट खोसेर बेस्सरी चुसे तेतिबेला जनता चाहीँ रोग ग्रस्त सुते खोसेर लिच्छवीहरूबाट यो हड्डीलाई मल्लहरूले पाँच सय ६८ वर्ष चुसे तेतिबेला पनि जनता अँध्यारोमै सुते गोर्खाको खुइले डाँडाका ठकुरीहरूले (राणाले १०४ वर्ष ठकुरीहरूलाई […]

Banner News

फोटोग्राफर अफ दी इयर: यी हुन वर्ष २०१८को सर्वोत्कृष्ट १२ तस्बिर

असोज २९, काठमाडौँ । रोयल सोसाइटी अफ बायोलोजीले सन् २०१८ को ‘फोटोग्राफर अफ द इयर’ घोषणा गरेको छ । फोटोग्राफर अफ द इयरको उपाधि १७ वर्षका ज्याक ओलिवले जित्न सफल भएका छन् । छेपारोको तस्बिर, चिसो मौसममा रुखबाट झरिरहेको पात जमिनमा छरिएको पातको कलाकारिता र उडिरहेको चराका तस्बिर छनोटमा परेका छन् । यी तस्बिर रोयल […]

Banner News

आँशु वोकेर ल्याएको मेरो दशैं

कति छिटो दशैंले झ्यालबाट चियाइ सकेछ नि । म त बजारतिरको चहलपहल भिडभाड के को होला भनेर एकछिन त अलमल पो पर्छु । अनि आफ्नो सामाजिक सन्जाल खोलेर हेर्छु सामाजिक सन्जाम भरी दशैंको शुभकामना आदन प्रदान सुरु भईसकेछ । म्यासेन्जरभरि दशैँ शुभकामना गित संगतिले भरिएका मुटु छुने शब्दहरुको भारी वर्षा भएको रहेछ । म नतमस्तक […]

Banner News

मौलो

गाडियो – ढालियो र, फेरि गाडियो मौलो त्यसपछि कहिल्यै ढलेन र, उखेलिएन पापको मौलो अन्यायको मौलो । मौलो खाँबो हो काठको – निर्जीव तर शासन हो भयको – आतंकको त्यसैले तर्साउँछ अत्याउँछ – प्रेतजस्तो लाग्छ दैत्यजस्तो लाग्छ – मौलो मलाई छुन डर लाग्छ टाउको उठाएर हेर्न डर लाग्छ। मौलो शासन भो’- प्रशासन भो’ मुखिया भो […]

Banner News

गाउँपालिका प्रमुखबिरुद्द बिद्यालयले जिशिअलाई बुझाए ज्ञापनपत्र (पत्रसहित)

असोज २८, रोल्पा लिवाङ । गंगादेव गाउँपालिकामा रहेका ९ वटा बिद्यालय सम्मिलित संघर्ष समितिले जिल्ला शिक्षा बिकास तथा समन्वय इकाई रोल्पालाई आइतबार ज्ञापनपत्र बुझाएको छ । शिक्षक नियुक्तका लागि लिएको परिक्षा नियम बिपरित भएकोले खारेज गरि पुनः परिक्षा गरिपाऊँ भन्दै संघर्ष समितिका संयोजक धर्म बहादुर डाँगीद्वारा जिल्ला शिक्षा अधिकारी दान बहादुर गुरुङलाई पत्र हस्तान्तरण गरिएको छ । ज्ञापनपत्र अनुसार रोल्पा […]