Journalist from Itahari
Uncategorized

तिलोत्तमा प्रिमियर लिगः रोयल शंकरनगर र मणिग्राम किङ्गको सुखद सुरुवात

१ मंसिर, बुटवल । तिलोत्तमा पि्रमियर लिग क्रिकेटमा रोयल शंकरनगर र मणिग्राम किङले विजयी शुरुवात गरेका छन् । तिलोत्तमा क्रिकेट विकास समितिको आयोजनामा तिलोत्तमा नगरपालिका वडा नम्बर ६ स्थित नवजीवन क्लवको खेल मैदानमा भएको उद्घाटन खेलमा शंकरनगरले रोयल च्यालेन्जर भैरहवामाथि ८ विकेटको जित निकालेको हो । शंकरनगरले टस जितेर फिल्डिङ्ग रोजेपछि ब्याटिङ्ग गर्न मैदान छिरेको […]

Uncategorized

भ्याट नतिर्ने भन्दै मुलुकभरका कपडा उद्योग बन्द

१ मंसिर, काठमाडौं । सरकारले भ्याट फिर्ता तथा समायोजनको प्रावधान हटाएको विरोधमा मुलुकभरका कपडा उद्योग बन्द भएका छन् । पटक-पटकको ध्यानाकर्षण पछि पनि सरकारले माग पुरा नगरे भन्दै उद्योगीले आफ्ना उद्योग बन्द गरी आन्दोलनमा उत्रिएका हुन् । मूल्य अभिवृद्धि करका सम्बन्धमा पुरानै व्यवस्था कायम हुनुपर्ने माग गर्दै आएको नेपाल कपडा उद्योग संघले सनिबार राजधानीमा पत्रकार […]

Uncategorized

रत्नजित सातौं पटक विजयी

काठमाडौं । नेपाली सेनाको त्रिभुवन आर्मी क्लबका रत्नजित तामाङ्ग पुष्पलाल स्मृती ब्याडमिन्टन प्रतियोगिताको लगातार सातौं पटक विजयी भएका छन् । शनिबार सम्पन्न योनेक्स सनराईज आठौं पुष्पलाल स्मृती राष्ट्रिय खुल्ला ब्याडमिन्टन प्रतियोगितामा एपीएफका दिपेश धामीलाई २१।११, २१।१६ को सहज जितसँगै रत्नले सातौं पटकको विजयी ईतिहास रच्न सफल भएका हुन् । तामाङ्गले नगद ५० हजार सहित ट्रफी, […]

Uncategorized

ए डिभिजन लिग खेल्न नेपाल आए सन्तोष साहुखल

काठमाडौं । लामो समयदेखि जापानमा बस्दै आएका फुटबलर सन्तोष साहुखल ए डिभिजन लिग खेल्न नेपाल आएका छन् । शनिबार च्यासल युथ क्लबले त्रिभुवन आर्मीविरुद्ध हलचोक मैदानमा खेल्दा सन्तोष पनि टिममा थिए । सन्तोषले च्यासलको हार टार्न भने सकेनन् । च्यासलाई आर्मीले १-० गोल अन्तरले हराएको छ । दोस्रो हाफमा च्यासलको प्रदर्शन केही सुधारिएको भने थियो […]

Uncategorized

थोरै-थोरै तर पटक-पटकः यसरी खाए न रोग लाग्छ, न भोक जाग्छ

हामी विहान उठेर नास्ता गर्छौं । स्वास्थ्यका लागि नास्ता अनिवार्य मानिन्छ । हुन त कतिपयले बिहानको नास्ता अनुपयुक्त हुने तर्क पनि गर्छन् । पछिल्लो समय खानपान सम्बन्धी बढेको सर्तकता र स्वास्थ्य सचेतनाले गर्दा धेरैले बिहानको नास्ता गर्छन् । नास्ताले दिनभरका लागि शरीरलाई उर्जा दिन्छ । त्यसैले बिहानको नास्ता हेभी तर स्वस्थ्यकर हुनुपर्छ भनिन्छ । बिहान […]

Uncategorized

सुखमय यौन–जीवनका लागि कसरी प्रयोग गर्ने अस्थायी साधन ?

यौन सम्बन्ध एक प्राकृतिक क्रिया हो । स्वभाविक पनि । दम्पतीबीच हुने यौन सम्बन्धले उनीहरुलाई शारीरिक र भावनात्मक रुपले नजिक ल्याउँछ । स्वास्थ्य विज्ञानले भन्छ, ‘हप्तामा तीन पटकसम्म यौन सम्बन्ध राख्नु फाइदाजनक हो ।’ फाइदा, स्वास्थ्यको हिसाबले । भावनात्मक हिसाबले । तर, यौन सम्बन्ध राख्ने क्रममा अनिच्छित गर्भ रहने भय हुन्छ । अनिच्छित गर्भ रहेपछि […]

Uncategorized

बेलुनमा उडेपछि मुख्यमन्त्रीले भनेः अब जति जनसंख्या, त्यति नै पर्यटक भित्र्याउँछौं

१ मंसिर, पोखरा । पोखरा घुम्न आउने पर्यटकहरका लागि मंसिरको पहिलो दिनबाट नयाँ साहसिक खेल थपिएको छ, ‘हट एयर’ बेलुन । फेवातालबाट किनारबाट शनिबार ‘हट एयर’ बेलुन सञ्चालनमा आएको हो । अब पोखरा आउने पर्यटकले हावामा कावा खाँदै हट एयर बेलुनको मजा लिन पाउने भएका छन् । दृश्यावलोकन र साहसिक खेलका रुपमा पोखरामा प्याराग्लाइडिङदेखि बञ्जीजम्प, […]

Uncategorized

विराटनगरमा भरतमोहन अधिकारीको नागरिक अभिनन्दन

१ मंसिर, विराटनगर । नेकपाका नेता एव पूर्वउपप्रधानमन्त्री भरतमोहन अधिकारीलाई विराटनगरमा नागरिक अभिनन्दन गरिएको छ । ८२ बर्षीय अधिकारीलाई जेष्ठ नागरिक सम्मानसहित नागरिक अभिनन्दन गरिएको हो । भरतमोहन अधिकारी अभिनन्दन मूल समारोह समितिले आयोजना गरेको कार्यक्रममा प्रदेश १ का प्रमुख डां गोविन्द सुब्बाले विषेश कदर पत्र, मुख्यमन्त्री शेरधन राईले टोपी र दौसल्ला ओढाएर अधिकारीलाई सम्मान […]

समाचार

अर्थमन्त्रीले दिए कर अधिकृतहरुलाई यस्तो निर्देशन

काठमाडौं–अर्थमन्त्री डा युवराज खतिवडाले सम्मानको हकदार हुने गरि कार्य सम्पादन गर्न कर अधिकृतहरुलाई निर्देशन दिएका छन् । आन्तरिक राजश्व विभागले सातौ कर दिवसको अवसरमा शनिबार राजधानीमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खतिवडाले इमानदार भएर कार्यसम्पादन गर्न कर अधिकृतहरुलाई निर्देशन दिएका हुन् ।  करदातासँग सम्मानपूर्वक प्रस्तुत हुनुको साथै न्युन करका लागि उनीहरुसँग मोलाहिज्जा नगर्न पनि उनले सचेत गराए […]

Uncategorized

कांग्रेस कार्यालयमा विद्यार्थीको नाराबाजी, देउवा पुग्दा तनाव

१ मंसिर, काठमाडौं । नेपाल विद्यार्थी संघ कार्यसमितिको म्याद थप गर्नुपर्ने र नहुने भन्ने दुबै पक्षका विद्यार्थीहरुले नेपाली काग्रेस केन्द्रीय कार्यालयमा नाराबाजी गरेका छन् । कांग्रेसले बैठक बोलाएपछि विद्यार्थीहरु कार्यालय पुगेका थिए । सभापति शेरबहादुर देउवा कार्यालयमा उपस्थित भएपछि दुबै पक्षले चर्को नाराबाजी गरे । त्यसक्रममा कार्यसमिति भंग गर्न नहुने र म्याद थप्न नहुने मत […]