Journalist from Itahari
Uncategorized

राष्ट्रिय परिचयपत्र वितरण आजदेखि, सबैभन्दा पहिले १०१ वर्षीया भगवतीलाई

३ मंसिर, काठमाडौं । सरकारले आजबाट राष्ट्रिय परिचयपत्र वितरण शुरु गर्ने भएको छ । आगामी ३ वर्षभित्र देशभर राष्ट्रिय परिचयपत्र वितरण गर्ने लक्ष्यका साथ अघि बढेको सरकारले पाँचथरबाट यसको शुभारम्भ गर्न लागेको हो । पाँचथरको शहीद मञ्चमा आयोजित बिशेष कार्यक्रममा गृहमन्त्री रामबहादुर थापा बादलले फिदिम नगरपालिका–४ शान्तिपुरकी १०१ वर्षीया भगवतीदेवी भण्डारीलाई सबैभन्दा पहिले राष्ट्रिय परिचयपत्र प्रदान […]

Uncategorized

आज हरिबोधिनी एकादशी, तुलसीको विवाह गरिँदै

३ मंसिर, काठमाडौं । कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रूपमा तुलसीको विवाह र विशेष पूजा गरी मनाइने हरिबोधिनी एकादशी पर्व आज मनाइँदैछ । आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा सुतेका विष्णु ब्यूँतिने भएकाले आजको एकादशीलाई हरिबोधिनी वा प्रबोधिनी एकादशी पनि भनिन्छ । हरिशयनीदेखि हरिबोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको […]

Uncategorized

२ अर्बको ट्रेजरी बिल बोलकबोल आज

३ मंसिर, काठमाडौं । नेपाल राष्ट्र बैंकले २ अर्ब रुपैयाँको ट्रेजरी विल जारी गर्ने भएको छ । राष्ट्र बैंकले ९१ दिनका लागि २ अर्ब रुपैयाँको ट्रेजरी विल मंगलबार जारी गर्ने भएको हो । मंगलबार जारी हुने २ अर्ब रुपैयाँको ट्रेजरी बिलका लागि सोमबार मध्याह्न २ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ । मंगबार जारी […]

Uncategorized

बडिगाड खोला थुनिएर बनेको तालमा र्‍याफ्टिङ

३ मंसिर, बाग्लुङ । पहिरोले बडिगाड खोला थुनिएर बनेको कृतिम तालमा पर्यटक आकर्षण गर्न र्‍याफ्टिङ सुरु गरिएको छ । ताल हेर्न आन्तरिक पर्यटकको लर्को नै लागेपछि बडिगाड गाउँपालिकाको पहलमा आइतबारबाट र्‍याफ्टिङ सुरु गरिएको हो । मध्यपहाडी लोकमार्ग अन्तर्गत तुरतुरेमा गत भदौ २९ गते राति खसेको पहिरोले बडिगाड खोला थुनिएर ताल बनेको हो । त्यसलाई ‘तुरतुरे […]

Uncategorized

बेल्जियमलाई पराजित गर्दै स्वीट्जरल्यान्ड सेमिफाइनलमा, हरिसको ह्याट्रिक

३ मंसिर, काठमाडौं । स्वीट्जरल्यान्डले यूईएफए नेसन्स लिग फुटबलमा बेल्जयमलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । आफ्नै मैदानमा भएको खेलमा स्वीट्रल्यान्डले बेल्जियमलाई ५–२ गोलअन्तरले पराजित गरेको हो । सुरुवाती समयमा नै दोब्बर गोलको अग्रता बेल्जियमले जोगाउन सकेन । खेलको दोस्रो मिनेटमा नै थोगन हजार्डले गोल गर्दै बेल्जियमलाई अग्रता दिलाएका थिए । फेरी खेलको १७ […]

Uncategorized

महिला विश्वकप सेमिफाइनल समीकरण पूरा, समूह ‘ए’ बाट वेष्ट इन्डिज र इंग्ल्यान्ड छनोट

३, मंसिर, काठमाडौं । आईसीसी टि–ट्वान्टी महिला विश्वकप क्रिकेटको सेमिफाइनल समीकरण पूरा भएको छ । सोमबार बिहान इंग्ल्यान्ड र घरेलु टोली वेष्ट इन्डिजबीचको नतिजासँगै सेमिफाइनल समीकरण पूरा भएको हो । घरेलु टोली वेष्ट इन्डिजले इंग्ल्यान्डलाई ४ विकेटले पराजित गर्दै समूह ए को विजेता बन्दै सेमिफाइनलमा पुगेको हो । इंग्ल्यान्ड पनि समूह ए को उपविजेता बन्दै […]

Uncategorized

हरिबोधनी एकादशी किन मनाइन्छ ? यस्तो छ महत्व

हरिबोधिनी एकादशीलाई एक वर्षभरमा पर्ने चौबिस वटा एकादशीहरु मध्ये सबैभन्दा महत्वपूर्ण एकादशीको रुपमा लिइन्छ । त्यसैले सामान्य बोलीचालीको भाषामा यसलाई ठूलो एकादशी पनि भनिन्छ । हिन्दू धर्ममा एकादशीलाई भगवान बिष्णुको उपासना गर्ने पर्वको रुपमा लिइन्छ । हरेक एकादशीको दिनमा उपवास बसि भगवान विष्णुको आराधना गरिन्छ । आषाढ शुक्ल एकादशीको दिनबाट भगवान विष्णु क्षीर सागरमा सुत्ने […]

Uncategorized

रवीन्द्र मिश्रलाई खुलापत्र

मिश्रजी, आउनुस् हातेमालो गरौं ! चर्चित पूर्वपत्रकार रविन्द्र मिश्रजी, सबै मान्छेको एक दिनमा २४ घण्टा हुन्छ । कोही दिनमा सक्रिय हुन्छन्, कोही रातमा । कहिले उज्यालोमा अनुकूल पर्छ, कहिले अँध्यारोमा । मध्यरातमा लेखियो वा मध्यदिनमा भन्ने कच्चा तर्क भन्दा कन्टेन्ट तथ्यपरक छ कि छैन, विषय सान्दर्भिक छ कि छैन भन्ने बहसमा आउनुस् । यसो गर्दा विषय अलि गहकिलो होला । […]

Uncategorized

ए डिभिजन लिगमा आज तीन खेल हुँदै

३ मंसिर, काठमाडौं । शहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज तीन खेल हुँदैछन् । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा आज हुने पहिलो खेलमा संकटा क्लबले जावलाखेल युथ क्लबसँग प्रतिस्पर्धा गर्दैछ । ११ बजेदेखि सुरु हुने खेलमा दुई टिम जितको खोजीमा हुनेछन् । त्यस्तै, एन्फा कम्प्लेक्समा आजै हुने दोस्रो खेलमा विभागीय टिम एपीएफ क्लबले […]

Uncategorized

यूईएफए नेसन्स लिगः क्रोएसियालाई पराजित गर्दै इंग्ल्यान्ड सेमिफाइनलमा

३ मंसिर, काठमाडौं । इंग्ल्यान्डले युईएफए नेसन्स लिग फुटबलमा क्रोएसियालाई पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको छ । आफ्नै घरेलु मैदानमा भएको खेलमा इंग्ल्यान्डले क्रोएसियालाई २-१ गोलअन्तरले पराजित गर्न सफल भयो । इंग्ल्यान्डका लागि जेसे लिंगार्ड र कप्तान हृयारी केनले गोल गरे । यता, क्रोएसियाका आन्द्रेज क्रमारिचले गोल गरेका थिए । पहिलो हाफ भने दुबै टिमले […]