Journalist from Itahari
Uncategorized

मेन्छ्यायेम डाँडाको ‘भर्जिनिटी’ तोडिँदै

मेन्छ्यायेम (तरुणी) उभिएको देखिने डाँडाको परिचय लिम्बू जातिको मुन्धुममा उल्लेखित ‘मेन्छ्यायेम’को चर्चाबेगर न सुरु हुन्छ, न टुंगिन्छ । लिम्बू जातिका देवारी, फेदाङमा, साम्बा, येबा/येमाहरूले ‘मेन्छ्यायेम थेगु/कोक्मा’ भनेर बारम्बार फलाकिरहन्छन् । लिम्बु तरुणहरूको चोSलुङ । अथवा शीर । मनकामना पूरा हुने पवित्र ठाउँ हो- मेन्छ्यायेम डाँडो । ताप्लेजुङ जिल्लाको मैवाखोला गाउँपालिका, सङ्खुवासभाको चयनपुर नगरपालिका र तेह्रथुमको […]

Uncategorized

डिभोर्समा भव्य पार्टी, गरी बिहेका पहिरन बमले उडाइयो

वैवाहिक जिवनमा ब्रेक लगाउने डिभोर्स पक्कै पनि खुसीको क्षण होइन । तर कतिपयका लागि डिभोर्सले जिन्दगीकै ठूलो खुसी ल्याउँदो रहेछ । अमेरिकामा यस्तै भएको छ । अमेरिकामा एकजना महिला आफ्नो डिभोर्सबाट यति खुसी भइन् की डिभोर्स भएको उपलक्ष्यमा भव्य पार्टीको आयोजना मात्र गरिनन् उक्त पार्टीका क्रममा आफुले बिहेमा लगाएका कपडाहरु विस्फोटक पदार्थ प्रयोग गरी ध्वस्त […]

Uncategorized

माघ अन्तिममा ‘न यता न उता’

मिराज रोश र बिशारद बस्नेतको निर्देशनमा तयार भएको चलचित्र ‘न यता न उता’को रिलिज डेट फाइनल गरिएको छ । यो चलचित्र माघ २५ गतेबाट देशभरका हलमा रिलिज हुने निर्माणपक्षले बताएको छ । कमेडी कथामा निर्माण भएको यो चलचित्रलाई वितरकसँगको सहमतीमा माघ २५ गते रिलिज गर्ने तय भएको निर्देशकले बताएका छन् । त्रन्त्रालय फिल्मस् र हाइलटाइ […]

Uncategorized

धर्मनिरपेक्षता हिन्दु धर्म विरोधी होइनः निधि

४ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले कांग्रेस धर्मनिरपेक्षताबाट पछाडि फर्कन नसक्ने बताएका छन् । अहिले पनि कांग्रेसका केही नेताहरुलाई देशमा हिन्दु धर्मावलम्बी धैरै छन्, धर्म निरपेक्षता भन्दा भोट घट्छ भन्ने लागेको भन्दै उनले भने, ‘म त्यो मान्दिन ।’ कांग्रेसको राजनीतिक मस्यौदा समितिले मंगलबार धनगढीमा गरेको अन्तरक्रियामा उपसभापति निधिले भने, ‘धर्म निरपेक्षता भनेको […]

Uncategorized

बैतडीमा एसएमएसबाटै प्रसूति सेवा

४ मङ्सिर, बैतडी  । जिल्लाका ग्रामीण क्षेत्रका १२७ प्रसूति सेवा केन्द्रबाट प्रसूति सेवा केन्द्रमार्फत सुरक्षित प्रसूति सेवा प्रदान गर्न थालिएपछि आमा र नवजात शिशुको मृत्युदरमा कमी आएको छ । केन्द्रमार्फत सुरक्षित प्रसूति सेवा प्रदान हुन थालेपछि मातृमृत्यु र शिशु मृत्युदरमा कमी आएको जिल्ला स्वास्थ्य कार्यालय बैतडीका पब्लिक हेल्थ नर्स ममता जोशीले जानकारी दिइन् । जिल्लामा अहिले […]

Uncategorized

भ्यूज नभएपछि युटुबबाट हटाइयो दीपशिखा र अलीको ‘जाने क्या हुवा’

केही दिन अगाडि युटुबबाट सार्वजनिक गरिएको चलचित्र ‘प्रेमलिला’मा समावेश ‘जाने क्या हुवा’ बोलको गीतको भिडियो युटुबबाट हटाइएको छ । दुई देशको प्रेम सम्बन्ध प्रस्तुत गरिएकाले पनि नेपाली चलचित्रमा हिन्दी गीत समावेश गरिएको थियो । तर, यो गीतलाई दर्शकको गतिलो साथ नमिलेपछि युटुबबाट हटाइएको हो । वुझिएअनुसार, नयाँ युटुब च्यानलमा राखिएको यो भिडियोलाई गतिलो भ्यूज मिलेन […]

Uncategorized

दाङका बाढीपीडितले राहत पाएनन्, ४ वर्षदेखि टहराको बास

४ मंसिर, दाङ । दाङको बाढीपीडित क्षेत्रमा बाँसैबाँसका टहरा देख्न सकिन्छ । बाँसका टहरामा बस्नुपर्ने बाढीपीडितको बाध्यता बनेको छ । विसं २०७१ मा आएको बाढीले घर बगाएपछि पीडितले अझै घर बनाउन सकेका छैनन् । उनीहरु अहिलेसम्म बाँसका टहरामा नै बस्दै आएका छन् । हिउँदमा टहरामा बस्न मुश्किल हुने तुलसीपुर उपमहानगरपालिका–११ मोतिपुरका बाढीपीडित जीतबहादुर चौधरी बताउँछन् […]

Uncategorized

ट्याङ्कर चालकको आन्दोलन फिर्ता, पेट्रोलपम्पमा शिलबन्दी

४ मंसिर, विराटनगर । भारतको बरौनीबाट इन्धन ढुवानी ठप्प पारेर आन्दोलनमा उत्रिएका नेपाली ट्याङ्कर चालकले सोमबार साँझदेखि आन्दोलन फिर्ता लिएका छन् । बरौनीबाट पेट्रोलियम पदार्थ लिएर नेपालतर्फ आउँदै गरेको को१ख ६००९ नं को ट्याङ्करका चालक मोनु कुमारलाई शनिबार भारतको जोगवनीमा भारतीय सुरक्षाकर्मीले कुटपिट गरेपछि ट्याङ्कर चालकले आन्दोलन थालेका थिए । ट्याङ्कर चालकले तीन दिनसम्म इन्धन […]

Uncategorized

‘जात्रै जात्रा’को छायांकन स्थलमा जाने क्रममा विपिन घाइते

फागूण १७ गतेलाई प्रदर्शन मिति तोकेर छायांकन भैरहेको चलचित्र ‘जात्रै जात्रा’को निर्माणपक्षका लागि चिन्ताको बिषय थपिएको छ । चलचित्रका मुख्य कलाकार नायक विपिन कार्की छायांकन स्थलमा जाने क्रममा आज बिहान कलंकीमा दुर्घटनामा परेका छन् । जसलेगर्दा, चलचित्रको छायांकन केही दिन प्रभावित हुने देखिएको छ । कलंकीमा विपिन चढेको मोटरसाइकललाई अर्को मोटरसाइकलले ठक्कर दिएको थियो । […]

Uncategorized

कृषियोग्य जमीनको करमा ८० प्रतिशत छुट

४ मंसिर, परासी । पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले कृषियोग्य जमीनमा लगाउँदै आएको करमा ८० प्रतिशत छुट दिने भएको छ । चालु आर्थिक वर्ष २०७५/७६ का लागि नगरपालिकाले करमा वृद्धि गरेपछि कृषक मारमा परेका थिए । कृषकको गुनासोपछि नगरपालिकाले करमा छुट दिने निर्णय गरेको हो । नगरपालिकामा पाँच हजार ६४५ हेक्टर क्षेत्रफल कृषियोग्य जमीन छ । […]