५ मंसिर, काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडा कृषिजन्य वस्तुको उत्पादनमा नभई वितरणमा समस्या रहेको बताउँछन् । ‘सही ढंगले वितरण गर्ने हो भने खाद्यान्नमा हामी अहिले नै आत्मनिर्भर छौं’ नेपाल समाजशास्त्र संघद्वारा बुधबार राजधानीमा आयोजित अन्तरक्रिया कार्यक्रममा उनले भने । मुलुकको कुनै भागमा उत्पादन भएको वस्तु निर्यात भइरहेको तर अर्को भागमा उत्पादन कम हुँदा आयात […]
Author: purnakhabar
सुनुवाइ समितिले माग्यो राजदूतको योग्यता र मापदण्ड
५ मंसिर, काठमाडौं । संसदीय सुनुवाई विशेष समितिले सरकारसँग राजदूतका लागि चाहिने योग्यता र नियुक्तिको मापदण्ड माग गरेको छ । बुधबार बसेको समितिको बैठकले सरकारसँग राजदूत नियुक्तिको मापदण्ड र योग्यता अध्ययनका लागि माग गर्ने निर्णय गरेको संसद सचिवालयका सहप्रवक्ता केशव अर्यालले जानकारी दिए । बैठकले भारतलगायत विभिन्न देशका राजदूतमा सिफारिस भएका व्यक्तिहरुविरुद्ध उजुरी आह्वान गर्ने […]
परिवारलार्इ खुसी दिन परदेशिएका सुमन अस्पतालको बेडमा, सहयोगको अपील
५ मंसिर, युएई । रोजगारीका लागि साढे दुई वर्षअघि युएई आएका रत्ननगर-२ टाँडी चितवनका सुमन परियार यतिबेला रोगले थलिएका छन् । दुबै मिर्गाैला बिग्रेपछि उनी दुई सातादेखि अबुधाबीको खालिफा अस्पतालमा उपचाररत छन् । दुई सातादेखि वाकवाकी लाग्ने, खाना खान मन नलाग्ने भएपछि सुमन कार्यरत पारल ग्रुप अन्तर्गत डेल्मा मल टिम हर्टन कफीका म्यानेजर चितवनकै सञ्जु […]
तातोपानीको बाटो मर्मतमा तात्यो सरकार, जेठसम्म नाका खुल्ने दाबी
५ मंसिर, काठमाडौं । साढे तीन वर्षदेखि बन्द रहेको नेपाल–चीन तातोपानी नाका आगामी जेठसम्ममा सञ्चालन गर्ने तयारी भएको छ । विनाशकारी भूकम्पपछि बन्द रहेको यस सडक सञ्चालन गर्न दुवै देशले कामलाई तीव्रता दिएका छन् । तातोपानी नाका सञ्चालनमा ल्याउन सडक विभागले सडक मर्मत–सम्भार र पुनस्र्थापनाका लागि चाँडै टेण्डर गर्दैछ । यो टेण्डर प्रक्रिया टुंग्याएर जतिसक्दो […]
हुसेन हत्याको विरोधमा शवसहित प्रदर्शन, गृहमन्त्रीको राजीनामा माग
५ मंसिर, दुहवी । सुनसरीको दुहबीमा मोहम्मद फिदा हुसेनको गोली हानी हत्या भएको विरोधमा स्थानीयले गृहमन्त्री रामबहादुर थापा बादलको राजीनामा माग गरेका छन् । विराटनगर इटहरी सडक खण्डमा मृतकको शवसहित प्रदर्शनमा उत्रिएका उनीहरुले हत्यामा संलग्नलाई २४ घण्टाभित्र सार्वजनिक गर्न पनि माग गरेका छन् । धेरै संख्यामा आएका प्रदर्शनकारीले सडकमा टायर बालेर प्रदर्शन गरेका छन् । […]
जेनिशा भन्छिन्–‘नेपाल फिल्म साइन गरेँ, २ महिनापछि काम गर्छु’
नायिका जेनिशा केसी अहिले नेपालमा छिन् । केही समयदेखि मुम्बइमा रहेकी जेनिशाले अब भने आफूले नेपाली चलचित्रमा काम गर्न लागेको बताएकी छिन् । नेपाल आएकी जेनिशाले भनिन्–‘हो, म नेपाली चलचित्रमा काम गर्दैछु । चलचित्र साइन गर्नका लागि नै म नेपाल आएकी थिएँ । ४ दिनपछि फर्किन्छु ।’ जेनिशाले आफूले काम गर्न लागेको चलचित्रको अहिले धमाधम […]
चिसो मौसमसँगै आउँदैछ बाथरोग !
५ मंसिर, काठमाडौं । थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पतालका बाथरोग विशेषज्ञ अरुणकुमार गुप्तालाई विरामीहरुको एउटै प्रश्न हुन्छ, ‘के म निको हुन सक्छु ?’ उनको जवाफ हुन्छ- ‘समयमै सही उपचार गरेर यो रोगलाई नियन्त्रणमा राख्ने हो, सधैंका लागि निको पार्न सकिँदैन’ । डा. गुप्ताका अनुसार, केही प्रकारका बाथ रोग निको पार्न पनि सकिन्छ । कुष्टरोग, एचआईभी/एड्स जनित […]
बाबा प्लिज मामुसँग झगडा नगर्नु !
दम्पतीबीच मनमुटाव हुन्छ । भनाभन हुन्छ । ठाकठुक पर्छ । यो सामान्य क्रिया हो । परिवार चलाउनुपर्ने दायित्वबीच कतिपय कुरामा मतभेत रहन्छ । यस्ता मतभेतलाई कसरी सल्टाउने भन्दा पनि त्यसमा आफु हावी हुन खोज्ने प्रवृत्ति अक्सर श्रीमान्-श्रीमतीमा हुन्छ । यही प्रयासले उनीहरुबीच तनाव पैदा गर्छ । तनावले मनमुटाव । मनमुटावले भनाभन । भनाभनले कुटपिट । […]
गगन थापाको दाबी : बादल गृहमन्त्री रहेसम्म निर्मलाको हत्यारा पत्ता लाग्दैन
५ मंसिर, महेन्द्रनगर । नेपाली कांग्रेसका नेता गगन थापाले रामबहादुर थापा ‘बादल’ गृहमन्त्री रहेसम्म निर्मला पन्त हत्याको छानविन निष्कर्षमा नपुग्ने दाबी गरेका छन् । बुधबार महेन्द्रनगरमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा थापाले गृहमन्त्री बादल सयौं निर्मलाका बुवाआमाहरुमाथि कालो बादलका रुपमा मडारिरहेको आरोप लगाए । ‘म संसदमा बोलेको सम्झन्छु, मैले गृहमन्त्री बादलको क्षमतामाथि बादल लागेको भनेको थिएँ’ […]
प्रकाशमानको गुनासो : देउवाले कांग्रेसलाई विधान विपरीत चलाए
५ मंसिर, बुटवल । नेपाली कांग्रेस नेता प्रकाशमान सिंहले सभापति शेरबहादुर देउवाले पार्टीलाई विधान विपरीत चलाएको आरोप लगाएका छन् । विधानमा दुई जना उपसभापति राख्ने ब्यवस्था नै नभएको भन्दै उनले भने, ‘नेतृत्वले विधान विपरीत बहुमतको आडमा मनपरी गरेको छ, यसलाई सच्याएर अगाडि बढ्नुपर्छ ।’ बुधबार रुपन्देहीमा आयोजित पत्रकार भेटघाटमा पूर्वमहामन्त्रीसमेत रहेका नेता सिंहले शेरबहादुर देउवा […]









